Indrenionline.com

मुटुमा समस्या देखिएकी वालिकालाइ हाम्रो पहुँचका विद्यार्थीद्धारा सहयोग

तुलसीपुर ७ भदौ
तुलसीपुर ५ प्रगतिसिल टोलका १० वर्षिय वालीका कमला खत्रिको मुटुमा समस्या देखीएकाले उपचारको लागी खर्च धेरै लाग्ने भएपछि विरामी कमलाको उपचारमा सहयोग मिलोस भनेर हाम्रो पहुँच सेकेण्डरी स्कुलका विद्यार्थीहरुले खाजा खर्च कटायर ४ हजार सहयोग गरेका छन । कक्षा २ देखी १० सम्मका विद्यार्थीहरुले उक्त रकम सहयोग गरेका हुन ।

विरामी कमलाकी आमा मिना खत्रिले छोरीको मुटुको भल्भ फेर्नुपर्ने डाक्टरहरुले भनेको र भल्भ फेर्नलाई ४ लाख लाग्ने भएकाले घरको आथीर्र्क अवस्था कम्जोर रहेकोले छोरीको उपचार गर्न नसक्ने भएपछि छोरीको उपचारमा सहयोग गरीदिन मिनाले सवैमा अनुरोध गर्नु भएको छ ।
सहयोग गर्न चाहानेले राष्ट्रिय वाणिज्य वैकमा विरामी वालीकाको वुवा कमल खत्रिको खाता नं. ४१६००३५८५११० मा गर्न सकिने मिनाले वताउनु भएको छ । हाम्रो पहुँच सेकेण्डरी स्कुलका प्रिन्सिपल डि आर भण्डारीले अप्ठेरो परेको वेला सानो सहयोग पनि ठुलै हुने भन्दै विरामी वालीकालाई वचाउन थोरै थोरै सहयोग भएपनि गरीदनि सवैमा अनुरोध गर्नु भएको छ ।।