इन्द्रेणी संवाददाता
दाङ, ७ भदौ ।
दाङमा प्रहरीले गुण्डागर्दी गर्दै टेलिफोनमा धम्की दिने एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही नगरपालीका वडा नं. १ सर्रा बस्ने २८ वर्षका धिरज भनिने धिरेन्द्र शाह रहेको दाङका प्रहरी प्रमुख डिएसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।
शाहले घोराही र लमही क्षेत्रका व्यापारी तथा ठेकेदारहरुलाई टेलीफोन मार्फत धम्की दिदै आएका प्रहरीले वताएको छ । गुण्डागर्दीको काममा संलग्न शाहलाई हिजो राति १० वजे घोराही १ सर्राबाट प्रहरीको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ । पक्राउ परेका शाहलाई यस अघि ज्यान मार्ने उद्योग मुद्धामा गत वर्ष माघ १८ गते र गत जेठ २५ गते सार्वजनिक मुद्धामा कार्वाही गरिएको प्रहरी उपरीक्षक सिहंले वताउनुभयो ।।
