काठमाडौं ,७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ललितपुरका सामाजिक अगुवाहरुले भेट गर्नुभएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अगुवाहरुले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै कार्याकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । अगुवाहरुले प्रधानमन्त्री प्रचण्डको कार्याकालमा उत्पीडितहरुले पहिचान र अधिकारको प्रत्याभूति गर्ने विश्वास व्यक्त गर्नुभयो ।