दाङ प्रालिका गाडिमा तोडफोड
इन्द्रेणी संवाददाता
दाङ १२ बैशाख । दाङ यातायात सेवा प्रालीले सञ्चालन गरेका दुइ वटा गाडिहरुमा तोडफोड गरिएको छ । यात्रु लिएर काठमाडौ जाने तयारीमा रहेका ना ४ ख ९७५७ नम्वरको यात्रुबहाक डिलक्स बसमा राप्ती समितिले तुलसीपुर बसपार्कमा ढुंगा मुढा गरेर गाडि तोडफोड गरिएको छ । त्यहि गाडिलाई तुलसीपुरको विरेन्द्र चौकको पुर्व चौकमा प्रहरीकै अगाडी राप्ती समिति समबद्ध युवाहरुले गाडिमा तोडफोड गरेको प्रालीले जनाएको छ ।