इन्द्रेणी संवाददाता
तुलसीपुर दाङ ,६ भदौ जिल्लाको तुल्सिपुर नगरपालीका स्थित एउटा आईएमई वाट झन्डै साढे ५ लाख नगद चोरी भएको छ । सुरक्षा संवेदनशीलताका दुृष्टिकोणले चुनौतिपुर्ण मानिदै आएको तुल्सीपुर बजारको वीपी चोक स्थित राप्ती मनी ट्रान्सफर्मर वाट सोमवार विहान १ बजे ५ लाख ३५ हजार नगद चोरी भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका ईन्सपेक्टर खुमानन्द पाण्डेले जानकारी दिए ।
सीसी क्यामेराको रेकर्ड हेर्दा सोमवार विहान १ बजे चोरले उक्त आईएमईको घर्राको ताला फोडेर ५ लाख ३५ हजार नगद चोरी गरेको आईएमईका सञ्चालक किरण पुनले जानकारी दिए । चोरले जुन घर्रामा पैसा राखिएको छ त्यही घर्रा मात्र फोडेर रकम चोरेकाले घटना रहस्यमय भएको प्रहरिले जनाएको छ । इनिस्पेक्टर पाण्डेले चोरले ६ हजार नगद रकम राखिएको अर्को घर्रा भने केही पनि नचलाएको जानकारी दिए ।
देखियो चोरको आकृति
यसैविच प्रहरीले फुटेजमा चोरी गर्ने व्यक्तिको आकृति देखिएको जानकारी दिएको छ । चोरी भएको आईएमीईको अवलोकन पछी ईप्रका तुलसीपुरका इनिस्पेक्टर पाण्डेले मुख पुरै छोपेको अवस्थामा चोरको आकृति सिसि क्यामेराको फुटेजमा देखिएको जानकारी दिए । चोर्ने व्यक्ति अग्लो र उसले सेतो रङको कपडा लगाएको उनले जानकारी दिए ।प्रहरीले घटनावारे सीसी क्यामेराको फूटेज झिकाएर अनुसन्धान सुरु गरेको छ ।
सुरक्षाप्रति बजारबासीको चिन्ता
बजारको मुख्य चोकमा रहेको आईएमई बाट चोरि भएपछि तुल्सिपुरमा सुरक्षा बारे प्रश्न उब्जिएका छन । यसअघि पनि यसैगरी तुल्सीपुर बजारमा दिउसो र राति प्रहरि आसपासकै क्षेत्रबाट चोरि हुँदै आएको छ । गत हप्ता मात्रै तुलसीपुरको एउटा सुन पसल वाट एकजना महिलाको नगद र सुन सहितको झोला चोरि भएको थियो । प्रहरिले हाल उक्त चोरिका आरोपितलाई पक्राउ गरिसकेको छ ।
हाल चोरि भएको वीपी चोक लगायताका महत्वपुर्ण स्थानमा प्रहरीले सीसी क्यामेरावाटै निगरानी गरिरहेको बताउदै आएको छ । वीपी चोकको उत्तरतर्फको विरेन्द्र चोकमा एकसय मिटरको दुरीमा प्रहरि चौबिसै घण्टा तैनाथ हुन्छ भने दक्षिणको तर्फ बैंक चोकमा पनि त्यतिकै दुरीमा छ प्रहरीको विट छ । नजिकै १९ नम्वर वाहीनी छ । तर त्यस्तो सुरक्षा घेराभित्रै वाट पटक पटक चोरीका घटनाहरु दोहरीदै जाँदा तुलसीपुरको सुरक्षा अवस्थावारे चिन्ता उत्पन्न भएको छ ।