Indrenionline.com

अखिल क्रान्तिकारीद्धारा ४५ सदस्यीय मुल इकाई समिति गठन

इन्द्रेणी संवाददाता
कैलाली, ६ भदौ ।
नेकपा माओवादी निकट अखिल क्रान्तिकारी क्षेत्र न. ५ अत्तरिया कैलालीले कृष्ण बुढामगरको नेतृत्वमा ४५ सदस्यीय मुल इकाई समिति गठन गरेको छ । नेत्रबिक्रम चन्दले नेतृत्व गरेको सो पार्टी निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शैलेश्वरी उच्च मा.बि. लालपुरमा उक्त समिति गठन गरेको हो ।11

समितिको उपाध्यक्ष पुष्पराज फुलारा, टाप पुन मगर, सह सचिब दिलेश्वरी जोशी, कोषाध्यक्ष मनु चन्द रहनुभएको छ । शिक्षा क्षेत्रमा देखिएको बढ्दो शुल्क खारेजी, दलालिकरण, ब्यापारिकरण, माफियाकरण तथा भ्रष्टीकरणलाई खबरदारी गर्न संगठन बिस्तार अभियान अन्तरगत सो संगठनका कैलाली जिल्ला सचिब बबरजङ सिहको प्रमुख आतिथ्यतामा समिति गठन गरिएको हो ।

यसैगरी नेकपा माओवादी क्षेत्र न.५ का एरिया इन्चार्ज राम भट्ट, रकेट लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन, सभापतित्व तथा समापन एरिया न.५ का संयोजक तथा संगठनका जिल्ला सदस्य महेश पातलीले गर्नुभएको थियो ।।