Indrenionline.com

वुवाआमा गुमाएका २ वालकलाइ आर्थिक सहयोग

प्रकाश पुन
दाङ, ६ भदौ ।
बुवाआमा दुवैको मृत्यु भएपछि विचल्लीमा परेका दाङ ढोडेनीका २ वालकलाई मिरुल समाज सेवा घोराहीले आर्थिक सहयोग गरेको छ । कमाउन भनी विदेशमा पुगेका बुवा चन्द्र वहादुर बुढा मगरको मृत्यु भएको २ वर्षमै आमा पवित्राको पनि हृदयघातका कारण मृत्यु भएपछि १० वर्षका सुरेन्द्र वुढा र उनका ५ बर्षका भाई शरदको विचल्ली भएको छ ।b

आर्थिक अवस्था कमजोर रहेको उक्त परिवारमा अभिभावकको मृत्युपछि उनीहरुको विचल्ली भएको थाहा पाएपछि मिरुल समाज सेवा घोराहीले आज ३२ हजार ८ सय २० रुपैयाँ सहयोग गरेको हो । घोराही नगरपालिका ६ ढोडेनीमा वस्दै आएका उनीहरुको रेखेदख अहिले दिदी सरस्वतीले गरिहनुभएको छ । समाजले उनीहरुको घरमै एक कार्यक्रम गरी उक्त सहयोग रकम प्रदान गरेको हो ।

समाजका अध्यक्ष कुल वहादुर रोका मगरको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव विपिन्द्र रोका मगरले गर्नुभएको थियो । यसैबीच, मगर पत्रकार संघ दाङले सुरेन्द्र र शरदको पढाइका लागी पहल गरिरहेको वताएको छ । उनीहरुलाइ कक्षा १० सम्म निशुल्क पढाउने व्यवस्थाका लागी संघले पहल गरिरहेको संघका सचिव शान्त कुमार वुढा मगरले जानकारी दिनुभयो ।।