आक्रमणमा आत्मघाती विस्फोट गराउने १२ देखि १४ वर्ष उमेरका रहेको राष्ट्रपति रिसेप टइप एर्डोगानले बताउनुभयो ।
कुर्दिस समुदायको विवाह भोजलाई लक्षित गरी भएको आक्रमणमा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको संलग्नता रहेको राष्ट्रपति एर्डोगानले बताउनुभयो ।
सिरियाको सीमा नजिका रहेको गाजियान्टेपमा भएको आक्रमणमा ६९ जना घाइते भएका र ती मध्ये १७ जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
