Indrenionline.com

रुट इजाजत पत्रका नाममा सार्वजनिक सवारी नरोक्न माग

चाडपर्वहरु नजिकिदै गरेको अवस्थामा जिल्लामा रुट ईजाजतपत्र नै नलिई  सञ्चालनमा आएका  गाडिहरु चल्न रोक लगाइएको प्रति नेपाली काग्रेस क्षेत्र न ३ ले आफनो ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली कांग्रेस क्षेत्र नं ३ का सभापति भुवबहादुर डाँगी एंव क्षेत्रिय सचिव कमल प्रसाद गौत्मले आइतवार  संयुक्त विज्ञप्ती प्रकासित गरी चाडपर्वका समयमा नागरीकहरुलाइ आवत जावतमा अप्ठेरो पर्ने भन्दै सम्वन्धित रुटमा चल्ने गाडीहरुलाइ प्रक्रिया  पु¥याएर सञ्चालनमा ल्याउन पहल गर्न सम्वन्धित पक्षसंग अनुरोध गरेका छन ।

रुट ईजाजत पत्रका नाममा सवारीसाधन सञ्चालनमा रोक लगाउँदा नागरीकहरुलाई चाडपर्वमा आवतजावत गर्न असहज हुने भन्दै तत्काल प्रक्रिया पु¥याएर सार्वजनिक यातायात सञ्चालन गर्न सम्वन्धित निकायसंग माग गरिएको छ ।