विमल गौतम
तुलसीपुर । तुलसीपुर नगरपालिकाले भवन निमार्ण संहिता सम्वन्धी अभिमुखिकरण तथा चेतनामुलक कार्यक्रमलाई वडामा विस्तार गर्न शुरु गरेको छ । नगरवासिहरुलाई भवन निमार्ण संहिताको बारेमा जानकारी तथा भुकम्प प्रतिरोधात्मक भवन निमार्ण गर्दा हुने फाईदा र सुरक्षाका बारेमा जनचेतना अभिबृद्धि गर्नका लागी भवन निर्माण आचारसहिंता सचेतना अभियान शुरु गरिएकोे तुलसीपुर नगरपालिकाले जनाएको छ ।
वडामा क्रियाशिल राजनितिक दलका प्रतिनिधि , वडा नागरीक मञ्च, टोल विकाश संस्था, नागरिक सचेतना केन्द्र र भवन निमाण गरिरहेका घरधनीहरुलाई प्रशिक्षण दिईएको सामाजिक परिचालक लिना शर्माले जानकारि दिईन । वडा नं ३ का सचिव होमबहादुर वलिको अध्यक्षतामा भएको कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका इन्जिनियर लक्ष्मीप्रसाद भट्ट, शोभाराम भट्टराई र नगपालिकाका सव –इन्जिनियर राधेश्याम उपाध्यायले भूकम्पीय जोखिम न्यूनिकरण सम्वन्धि आधारभूक्त जानकारी, भवन निर्माण संहिता कार्यान्वयन र गैर संरचनात्मक जोखिम न्यूनिकरण सम्वन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रमको सहजीकरण सामाजीक परिचालक लिना शर्माले गरेकी थिइन ।