Indrenionline.com

महिला संघले तीज विशेष कार्यक्रम गर्ने

दाङ, ५ भदौ ।
हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज नजिकीदै गर्दा नेपाल महिला संघ दाङले तीज विशेष कार्यक्रम गर्ने भएको छ । संघको आज घोरहीमा बसेको बैठकले यही भदौ १३ गते कांग्रेस पार्टि कार्यालय घोराहीमा तीज विशेष कार्यक्रम गर्ने निर्णय गरेको हो ।teej

संघका जिल्ला अध्यक्ष गोमा रावतको अध्यक्षतामा बसेको बैठकले कार्यक्रममा उपस्थितिकालागी कांग्रेसका नेता कार्यकर्ता, महिला संघमा आवद्ध महिलाहरु एवं भातृ संगठन तथा सुवेच्छुक सबैमा अनुरोध गरेको छ ।

साथै आजको बैठकले नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष सावित्रा रानाको ममतामयी आमा ईन्दिरा रानाको ७५ वर्षमा भएको निधनप्रति दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली एवं परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।।