दाङ, ५ भदौ ।
दाङमा प्रहरीले मदिरा सेवन गरी अराजक गतिविधि गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले मदिरा सेवन गरी विरामी बोकेको एम्वुलेन्स, दुईवटा जीप र केही ट्रेक्टरलाई विना कारण ढुङ्गामुढा गरी क्षति पु¥याएको भन्दै ३ जानलाइ नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा तुलसीपुर नगरपालिका २ रक्षाचौर निवासी अभिषेक बुढामगर, बिपिन नेपाली र तुलसीपुर ६ निवासी सुनिल नेपाली रहेका छन ।
त्यस्तै उनीहरुले तुलसीपुर २ मजुवास्थित सडक खण्डमा स्थानीय सेतिराम विक, रक्षाचौर आँखा अस्पताल नजिक स्थानीय निमबहादुर गिरीलाई समेत कुटपिट गरि घाईते बनाएको डिएसपी प्रसाँईले जानकारी दिनुभयो ।।