इन्द्रेणी संवददता
दाङ, ५ भदौ ।
जन्मदिनमा साथीभाइ, इष्टमित्र सवैलाइ जमघट गराएर रमाइलो गर्नुपर्छ र मिठो खानुपर्छ भन्ने मान्यता छ । तर जन्मदिनलाइ पछिल्ला दिनहरुमा रचनात्मक र समाजिक काम गरेर पनि मनाउने चलन वढेको छ । यसैक्रममा बिद्यार्थी प्रेरणा वस्नेतले आफ्नो जन्मदिनमा वृद्ध वृद्धालाई खाद्यान्न र फलफुल प्रदा नगर्नुभएको छ ।
आज घोराही १० निबासि पारस बस्नेत र पार्बता बस्नेतकी छोरी दिपशिखा बोर्डिङमा कक्षा १० मा अध्ययनरत प्रेरणा बस्नेतले आफ्नो १६ औ जन्मदिनको अवसरमा तेरौटेस्थित जेस्ठ नागरिक सरोकार केन्द्रका वृद्ध बृद्धाहरुलाई खादा र बर्कि ओढायर सम्मान गर्नुका साथै खाद्यान्न तथा फलफुल बितण गर्नुभएको छ ।।