आयोगले यही भदौ १२ गतेबाट बेपत्ता पारिएका व्यक्तिको विस्तृत विवरण सङ्कलन गर्ने जनाएको हो ।
आयोगले तयार पारेको १९ पृष्ठ लामो व्यक्ति बेपत्ता पूर्वको विवरण समेटिएको एन्टिमोर्टम फाराम लिएर आयोगका कर्मचारी पीडितको घरघरमा पुग्दैछन् ।
आयोग सदस्य एवं प्रवक्ता प्रा.डा. विष्णु पाठकले बेपत्ता पूर्वको विस्तृत विवरण सङ्कलनका लागि प्रशिक्षण प्राप्त टोली भदौ १२ गतेबाट पीडितको घरघरमा पुग्ने बताउनुभयो ।
