Indrenionline.com

मातृभाषाका पाठ्यक्रम प्रयोग बिहिन

काठमाडौँ, ५ भदौ । पाठ्यक्रम केन्द्रले तयार पारेका मातृभाषाका पाठ्यक्रम र पाठयपुस्तक दराजमा थन्किएका छन् । शिक्षकको उचित ब्यबस्थापन नहुदा विद्यालयका लागि तयार गरिएका मातृभाषाका पाठ्यक्रम र पाठ्यपुस्तक प्रयोगमा आउन नसकेका हुन् ।

पाठ्यक्रम विकास केन्द्रले प्राथमिकदेखि माध्यमिक तहसम्मका २४ मातृभाषाका पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेको छ । प्राथमिक तहमा केही विद्यालयमा केही मातृभाषाका पाठ्यपुस्तक पठनपाठन भए पनि माध्यमिक तहमा भने मुस्किलले तीन मातृभाषामा पठनपाठन हुने गरेको छ ।

केन्द्रले मैथली, भोजपुरी, अवधि, नेवारी, तामाङ, लिम्बू, वान्तवा राईलगायतका मातृभाषाका पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेको छ । एसएलसी परीक्षामा नेवारी, मैथली र भोट बौद्ध भाषाका परीक्षार्थी सहभागी हुने गरेका छन् ।