भैरहवा– नेपाल आयल निगम भैरहवा वितरण केन्द्रका प्रवन्धक चित्तरञ्जन दास बालिका बलात्कार प्रयासको अभियोगमा पक्राउ परेका छन् ।
प्रहरी स्रोतका अनुसार शुक्रबार साँझ भैरहवास्थित देवकोटा चोकमा रहेको वितरण केन्द्रकै कर्मचारी प्रकाण्ड मिश्रको डेरामा बस्न पुगेका उनले सोहि घरमा बस्दै आएकी १५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको वताएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी बुद्धिराज गुरुङले प्रवन्धक दास पक्राउ परेको पुष्टि गरे । यद्यपी उनले बालिकामाथि सामान्य हातपात भएको उजुरी प्रहरी समक्ष आइपुगेपछि उनलाई नियन्त्रणमा लिइएको बताए । तर अर्का प्रहरी अधिकारीले भने बलात्कार अभियोगमा उनलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।