Indrenionline.com

धर्म परिवर्तनको विरुद्धमा हस्ताक्षर संकलन

दाङ, ४ भदौ ।
हिन्दु जागरण नेपाल दाङ क्षेत्र नम्बर १ ले धर्म परिवर्तनको विरुद्धमा हस्ताक्षर संकलन गर्ने भएको छ । क्षेत्रको आज अमेलियामा बसेको बैठकले धर्म परिवर्तन विरुद्धमा हस्ताक्षर संकलन गर्ने निर्णय गरेको हो ।feature

क्षेत्रीय अध्यक्ष कोमल उपाध्यायको अध्यक्षता एवं हिन्दु जागरण नेपाल दाङका अध्यक्ष यमबहादुर भण्डारीको प्रमुख आतिथ्यमा बसेको बैठकले सतवरिया गाविसको वडा नम्बर ९ मा धर्म परिवर्तन विरुद्ध हस्ताक्षर संकलन गर्ने निर्णय गरेको हो ।

साथै हस्ताक्षर संकलन पछि वडालाई धर्मपरिवर्तनमुक्त वडा घोषणा गरिने क्षेत्रीय अध्यक्ष उपाध्यायले जानकारी दिनुभयो ।।