न्यूयोर्क ।
मन्त्रि परिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले ‘एसियाज् डिग्निटरी मेनी अफ दि इयर’ सम्मान पाउनुभएको छ । अमेरिकाको ख्यातिप्राप्त सामाजिक संस्था डब्लूसीएचले रेग्मीलाई यो सम्मान प्रदान गरेको हो ।
नेपालमा चुनौतीपूर्ण परिस्थितिमा सरकारको नेतृत्व गरी संविधानसभाको निर्वाचन सम्पन्न गरेको तथा न्याय सेवामार्फत जनता र समाजलाई र्पुयाएको योगदान कदर गर्दै यो सम्मान प्रदान गरिएको संस्थाले जनाएको छ ।
न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ भवनमा आयोजित मानवता सम्बन्धि अन्तर्रा्ष्ट्रिय सम्मेलनमा रेग्मीलाई सम्मान गरिएको थियो ।।