Indrenionline.com

मसुरियामा खुला तीज गित प्रतियोगिता हुने

दाङ, ४ भदौ ।
देउखुरीको लालमटिया ८ मसुरियामा भदौ १५ गते खुला तीज गित प्रतियोगिता हुने भएको छ । लालमटिया ८ मसुरियामा बसेको रेडियो स्रोता समुहको संयुक्त बैठकले लैङगिक हिंसा न्युनीकरण विषयक खुल्ला तीज गित प्रतियोगिता गर्ने निर्णय गरेको हो ।  इक्वल एक्सेस नेपालद्धारा गठित विहानी रेडियो स्रोता समुह लठ्ठहवा, जनप्रिय रेडियो स्रोता समुह कालापानी, जनहित रेडियो स्रोता समुह मौरीघाट, शान्ति रेडियो स्रोता समुह बसन्तापुर, करम्दी रेडियो स्रोता समुह बराखुट्टी, स्टार रेडियो स्रोता समुह मसुरिया र खुरुरीया रेडियो स्रोता समुहको सयुक्त आयोजनामा तीज गित प्रतियोगिता गर्ने निर्णय समेत गरेको छ । op
साथै प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी बनाउन जागेन्द्र चौधरीको संयोजकत्वमा ५ सदस्यीय कार्यक्रम व्यवस्थापन समिति समेत गठन गरेको छ । जसका सदस्यहरुमा ओमप्रकाश गुप्ता, राजेन्द्र चौधरी, टिकाराम चौधरी र श्यामा चौधरी रहनु भएको छ । त्यसै गरि बैठकले आर्थिक संकलन र कामको जिम्मेवारी समेत बाडफाड गरेको छ । जस अनुसार स्टार रेडियो स्रोता समुह मसुरियालाई स्वागत गित, जलपान र मञ्च निमार्णको जिम्मेवारी दिइएको छ ।।