सल्यान ४ भदौ । सल्यानमा स्यालको टोकाइवाट ७ जना घाइते भएका छन । पश्चिम देबस्थल गाबिस वडा न ९ घाट्गाउ बुरेली मा जङ्गलबाट एक्कासि आएर मान्छेहरुलाई टोक्दा ७ जना घाइते भएका हुन । घाइतेहरुको स्थानीय पोख्रेल मेडिकलमा उपचार भइरहेको छ भने एक जना गम्भीर घाइते ५० बर्षकी भुमा टमाटालाई थप उपचारको लागि नेपालगन्ज लगिएको छ ।