कञ्चनपुर, ४ भदौ । अढाइ वर्षदेखि बेपत्ता एकै घरका तीन बालबालिकालाई भारतीयले अवैध रुपमा धर्मपुत्र बनाएको रहस्य खुलेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले बालबालिकाकी फुपू चनिया रानालाई कार्यालयमा बोलाएर सोधपुछ गरेपछि भारतको किच्छा र बरेलीमा धर्मपुत्रपुत्री बनाइएको रहस्य खुलेको हो ।

चनिया प्रहरीको सम्पर्कमा आए पनि गङ्गाराम आएका छैनन् । निवेदनपछि जिल्ला प्रशासन कार्यालयले बालबालिकालाई भारततर्फ लग्ने कार्यमा संलग्न भएको अभियोग लागेकाहरुलाई पक्राउ गर्न निर्देशन दिएको थियो ।