प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ । भेटमा उहाँहरुबचि द्विपक्षीय हित र आपसी सम्बन्ध गहिरो बनाउने बारेमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
पाँच दिने भारत भ्रमणका लागि हिजो दिल्ली पुग्नु भएका उपप्रधानमन्त्री निधिले आजै भारतीय गृहमन्त्री राजनाथ सिंहसँग पनि भेटवार्ता गर्नु भएको छ । भोलि बिहान ११ बजे प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । नयाँ सरकार गठनपछि प्रधानमन्त्रीको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयानुसार उपप्रधानमन्त्री निधि दुई देशबीचको उच्च भ्रमणको तयारी तथा राजनीतिक भेटघाटका लागि हिजो भारत प्रस्थान गर्नु भएको थियो ।।