Indrenionline.com

दाङमा एक युवकको शव फेला

दाङ, ३ भदौ ।
दाङमा एक जनाको शव फेला परेको छ । विजौरी गाविस वडा नं वस्ने २६ वर्षीय हिरामणि चौधरीको हत्या गरेर फालेको अवस्थामा शव भेटिएको हो ।

चौधरीको शव मानपुर ८ मा आज फेला परेको प्रहरीले जानकारी दिएको छ । सवारी चालक रहको खुल्न आएका चौधरीको अनुहार र शरिरका विभिन्न भागमा घाउ र खतहरु देखापरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं एसपी धिरजप्रताप सिंहले जिानकारी दिनुभयो ।

घटनावारे अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।।