त्यस्तै अनुदान रकम सम्झौताका लागि तीन लाख ६१ हजार ९०६ जना पीडितसँग सम्झौता भइसकेको उहाँले बताउनुभयो । अतिप्रभावित ११ जिल्ला र ललितपुरको कार्यविनायक नगरपालिकाको बुङ्मती तथा खोकनामा गरी पाँच लाख ३३ हजार १५५ जना लाभग्राहीको सूचीमा परेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सबै भूकम्पपीडितलाई डेढ महिनाभित्र अनुदान रकमको पहिलो किस्ताको रकम उपलब्ध गराइसक्ने प्रतिबद्धता व्यक्त गरेसँगै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले एक महिनाको विशेष अभियान सुरु गरिसकेको छ ।
