सल्यान, २ भदौ ।
सल्यानमा अत्याधिक ज्वरोबाट एक वृद्धको ज्यान गएको छ । सल्यान मुलखोला गाविस–१ देउलीका ५० वर्षीय मोतिराम बुढाको अत्याधिक ज्वरोका कारण ज्यान गएको हो । एक सातादेखि ज्वरो आउने, टाउको दुख्ने, आँखा पोल्ने, हातखुट्टा दुख्ने जस्ता समस्याबाट पीडित बुढाको बुधबार घरमै मृत्यु भएको पारिवारले जनाएको छ ।
स्थानीय मेडिकल तथा स्वास्थ्य चौकीमा उपचार गरेपनि निको नभएको र आर्थिक अवस्था कमजोर भएका कारण अन्य अस्पतालमा लैजान नसक्दा बुढाको मृत्यु भएको स्थानीय हिरालाल रानाले जानकारी दिनुभयो । बुढाको मृत्यु भएसँगै उनका २ छोरा र २ छोरीको विचल्ली भएको छ । आमा अशक्त हुँदा काम गर्न नसक्ने र चारैजना साना भएका कारण उनीहरुको बिचल्ली भएको स्थानीयले वताएका छन ।