Indrenionline.com

उर्जा मन्त्रीले दिए महशुल नतिर्ने ठूला १० उपभोक्ताको तत्काल लाइन काट्न निर्देशन

काठमाडौं २ भदौ । नेपाल विद्युत प्राधिकरणको ३१ औं वाषिर्कोत्सव कार्यक्रममा उर्जा मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले जनयुद्ध कालमा ३५ हजार सेनाको कमाण्ड गरेर आएको भन्दै ११ हजार कर्मचारी सम्हाल्न गाह्रो नभएको बताएका छन् ।

उर्जामन्त्री प्रभाकरले प्राधिकरणको कार्यकारी निर्देशकलाई विद्युत महशुल नतिर्ने ठूला १० उपभोक्ताको लाइन तीन दिनभित्र काट्न निर्देशन दिँदै घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याइ छाड्ने बताउने क्रममा ११ हजार कर्मचारी सम्हाल्न गाह्रो नभएको बताएका हुन् ।

वाषिर्कोत्सव कार्यक्रममा आक्रामक रुपमा प्रस्तुत भएका उर्जा मन्त्रीले कार्यकारी निर्देशकलाई तीन दिनभित्र यो काम हुनुपर्छ भन्दै कार्यकारी निर्देशक आफैंलाई लाइन काट्न जान निर्देशन दिएका छन् ।

हामी कस्तो समाजमा छौं ? हामीले कस्तो समाज बनाएका रहेछौं ? राज्य अहिलेसम्म कहाँ रहेछ ? भन्ने कुरा उर्जा उर्जामन्त्री प्रभाकरले विद्युत महशुल नतिर्ने उपभोक्ताको लाइन काट्न दिएको निर्देशनले हामी र हाम्रो समाज नीति र विधिमा नचलेको समेत देखिन्छ ।