Indrenionline.com

बर्दियामा वाताबरण मैत्री समन्वय समिति गठन

कुसुम बि क 
बर्दिया, २ भदौ
बर्दियाको मगरागाडि गाविसमा वाताबरण मैत्री स्थानिय शासन गाउ समन्वय समिति गठन गरिएको बताइएको छ ।गाउघरलाई सफा स्वस्थ्छ सुन्दर हरियाली बनाउने उदेश्यका साथ हिजो उक्त कार्यक्रमका बिच वाताबरण मैत्री स्थानिय शाासन गाउ समन्वय समिति गठन गरिएको बताइको छ ।bardiya-district

गाविसका सचिव गोविन्द पुरीको सभाअध्यक्षतामा भएको कार्यक्रममा गाविसकै सचिव पुरीकै संयोजक रहने गरी १५ जनाको सदस्सीय समिति गठन गरिएको हो । जसमा तुल्सीराम प्रोखेल,मान बहादुर पकोटा,पोमराज शर्मा,हरिकला चालिसे,सुवास परियार,पुष्पा वली लगाएत गाविसका ९ वटै वडाका वडा नागरिक मन्चका संयोजक गरी गाविस सचिव पुरीको संयोजकमा १५ सदस्सीय वाताबरण मैत्री स्थानिय शासन गाउ समन्वय समिति गठन गरिएको बताइएको छ ।

वाताब।ण सफा राख्न सबै मिलि लागौ ,हरियाली सुन्दर वाताबरण बनाउ ,वृक्षारोपण गरौ सार्वजनिक स्थानमा ,बाटोको छेउछाउमा सफा गरौ खाली ठाउमा रुख रोपौ तिनीहरुको संरक्षण सबै मिलि गरौ साथै मगरागाडि गाविसका सबै घरहरुमा एक घर २ बिरुवा रोप्ने अभियानको समेत यसै समन्वय समितिवाट काम गरिने र यस कार्यक्रमको उदेश्य रहेको बझिएको छ ।।