सल्यान, भाद्र १ गते ।
सल्यानी खुकुरीको माग वढेको छ । माग भएअनुसारको खुकुरी पु¥याऊन नसकिएको शारदा नगरपालिका २ खलंगा बिश्वकर्मा टोलका बर्ष ६४ का जुद्धबिर बि.क.ले वताऊनु भयो । उहाले भन्नु भयो– उपहारका लागि देश र विदेशमा पठाऊन धेरै माग आए पनि पु¥याऊन सकिएको छैन । जिल्लाको सदरमुकाम खलंगामा रहेको विश्वकर्माटोलका ११ परिवार मध्य ६ परिवारले फलामवाट वन्ने खुकुरी , खुडा , चुलेसि , चक्कु , हसिया , माछा बनाउदै आएकाछन् ।
विश्वकर्मा टोलका विक परिवाले खुकुरी बनाउने पुख्र्यौली पेशालाई निरन्तरता दिदा जीवनस्तरमा सुधार आएको वताऊछन् । फलामका औजारहरु निर्माणका लागि वढ्दो लोडसेडिङ्गले समस्या भएको उद्यमीहरुको भनाई छ । दैनिक एक वटा खुकुरी वनाऊन सकिने भएपनि वढ्दो लोडसेडिङ्गका कारण समस्या भएको इन्द्रवहादुर विकले भन्नु भयो –खुकुरी चम्कीलो वनाऊन लगाईने सान प्रयोग गर्न समस्या छ ।
आकर्षक खुकुरी ,खुडा वनाऊने आधुनिक ग्रयान्डर मेसिन भएर पनि प्रयोग गर्न समस्या छ । सदरमुकाममा हुने विभिन्न कार्यक्रममा उपहार दिने चलन चलेको छ । उपहारका रुपमा सल्यानी खुकुरी घरमा आएर ग्राहकहरुले देश भित्र काठमाण्डौ, नेपालगञ्ज ,दाङ्ग र वाहिर अमेरिका ,अष्टे«लिया लगायतका देशमा उपहारका रुपमा पठाऊन ग्राकहरुले लैजाने गरेका छन् ।