Indrenionline.com

सिन्डिकेट खारेजी हुनुपर्ने सांसद जोड 

काठमाडौँ, २ भदौ  । सिन्डिकेटका कारण सवारी दुर्घटनामा नागरिकको ज्यान गइरहेको भन्दै सांसदहरूले सिन्डिकेट खारेजीको माग गर्नुभएको छ ।

व्यवस्थापिका संसद्मा विशेष समय लिएर सांसदहरूले काभ्रेको बिर्ता देउराली–९ मा आइतबार भएको दुर्घटना त्यसैको निरन्तरता भएको बताउनुभयो ।

 सांसदहरूले काभ्रे दुर्घटना सडकको जीर्ण अवस्थाका कारण भएको दाबी पनि गर्नुभयो ।

संसद्मा विशेष समय लिएर नेपाली काँग्रेस काभ्रेका सांसद तीर्थबहादुर लामाले सिन्डिकेटका कारण यात्रुको ज्यान जोखिममा परेको तर्क गर्नुभयो ।  उहाँले क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कडाभन्दा कडा कारबाहीको माग गर्नुभयो ।