Indrenionline.com

एमाले दाङ संगठन विभागको बैठक सम्पन्न

घोराही, १ भदौ ।
नेकपा एमाले दाङ जिल्ला कमिटी अन्तरगत संगठन विभागको बैठक मंगलबार जिल्ला पार्टी कार्यालय घोराहीमा बस्यो । संगठन विभाग प्रमुख हिराचन्द्र केसीको अध्यक्षतामा एवं नेकपा एमाले पोलिटव्युरो सदस्य भागवत विश्वासीको प्रमुख आतिथ्यमा बैठक बसेको थियो । बैठकमा आगामी भदौको २५ गते देखि तुलसीपुरमा हुने १२ औं जिल्ला अधिवेशन पूर्व संगठन विभागले गर्ने कामका बारेमा छलफल गरिएको थियो । बैठकमा जिल्ला अधिवेशनमा सहभागि हुन चाहने पार्टी सदस्यले अनिवार्य रुपमा सदस्यता नविकरण गराउनुपर्ने भएकाले नविकरण गरिसकेका सदस्यहरुको नामावली केन्द्रीय संगठन विभागमा स्वीकृतिका लागि पठाउने निर्णय गरिएको थियो ।feature

अधिवेशन पूर्व अनिवार्य रुपमा सदस्यता नविकरण गर्नुपर्ने व्यवस्था गरिएकाले भोली बुधबारसम्म प्राप्त हुने नविकरण गरिसकेका सदस्यताहरुलाई केन्द्रमा पठाउने निर्णय गरिएको संगठन विभागका प्रमुख केसीले जानकारी दिनुभयो । उहाँले नविकरणका लागि एक दिन मात्रै बाँकी रहेकाले सवैलाई नविकरणका लागि आग्रह गर्नुभयो ।

बैठकमा बोल्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य भागवत विश्वासीले जिल्ला अधिवेशन नजिक आइसकेकाले युद्धस्तरमा काममा जुट्न आग्रह गर्र्नुभएको थियो । नेकपा एमाले दाङ जिल्लाको आगामी अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दा सर्व सम्मत रुपमा गर्नुपर्ने कुरामा सवैको ध्यान जानुपर्नेमा पनि विश्वासीले जोड दिनुभएको थियो ।

बैठकमा नेकपा एमाले प्रदेश नं. ५ का सदस्य टोपेन्द्र केसी लगायतले बोल्नुभएको थियो । त्यसका साथै क्षेत्रिय इञ्चार्ज र क्षेत्रिय अध्यक्षले भएका कामको रिपोर्टिङ गर्नुभएको थियो । बैठकको सहजिकरण क्षेत्र नंं ४ का इञ्चार्ज देवराज विश्वकर्माले गर्नुभएको थियो ।।