मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको राजनीतिक दलहरूको बैठकमा उहाँले निर्धारित मितिमा चुनाव हुनेमा कुनै शङ्का नगर्न आग्रह गर्नुभएको हो ।
बैठकमा सहभागी प्रतिपक्षी दलहरूले चुनाव नहुने खतरा औँल्याउनुभएपछि प्रस्ट्याउँदै उहाँले संविधान संशोधन र कार्यान्वयनमा शङ्का नगर्न आग्रह गर्नुभएको थियो ।
निर्वाचन गरेर नयाँ संविधान अनुसारको संरचना नबनाउँदा अराजकता बढ्ने धारणा व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक छलफल तीव्र पारेर संविधान कार्यान्वयन गर्नुको विकल्प नभएको बताउनुभएको थियो ।
