काठमाडौं, साउन ३२ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ परराष्ट्र मन्त्री वाङ यीसँग भेट गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेषदूतका रुपमा चीन गएका महरा र चिनिया परराष्ट्र मन्त्रीवीच आज भेट भएको हो ।भेटमा वाङ यीले नयाँ सरकार गठन हुने वित्तिकै नेपालले विशेषदूतलाई चीन पठाएकोमा स्वागत गर्नुभयो । 
उहाँले नेपालमाथि चीनको मित्रता, चीन–नेपालको आपसी विश्वासको आधार र द्विपक्षीय आपसी सहयोग परिवर्तन नहुने पनि बताउनुभयो ।
भेटमा उपप्रधानमन्त्री महराले नेपालमा सरकार परिवर्तन हुनुको कारण बारे जानकारी गराउँदै नेपाल र चीनबिचको सम्बन्ध पहिला जस्तै हुने विश्वास व्यक्त गर्नुभयो ।।