Indrenionline.com

काबुल घटनावारेको प्रतिबेदन प्रधानमन्त्रीलाई बुझाइयो

काठमाण्डौ, ३२ साउन
१३ जनाको ज्यान जाने गरी केही समयअघि अफगानिस्तानको काबुलमा भएको घटनाको छानविन गर्न बनेको कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ ।_DSC1109

श्रम सचिव विष्णु लम्सालको नेतृत्वमा असार ९ गतेको मन्त्रिपरिषदले गठन गरेको कार्यदलले बुझाएको प्रतिवेदनमा सुरक्षाको प्रत्याभूति गराउने र कार्यस्थलमै सुरक्षित बासस्थानको ग्यारेण्टी गरेर मात्रै सुरक्षा गार्डमा कामदार पठाउन सकिने सुझाएको छ ।

सो अवसरमा तात्कालीन श्रम मन्त्री रहेका आपूर्ति मन्त्री दीपक बोहरा समेतको उपस्थिति थियो ।

प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले विदेशमा रोजगारीका लागि गएका नेपालीहरुको सुरक्षाको पूर्ण प्रत्याभूति हुनुपर्छ भन्ने सरकारको धारणा रहेको वताउनुभयो । प्रतिवेदन अध्ययन गरेर यसबारे मन्त्रिपरिषदको बैठकमा छलफल गरी निर्णय गरिनेछ ।।