प्रेमप्रतीक महतारा
मलेसिया, ३२ साउन । पश्चिम जाजरकोटका एक युवाले मलेसियाको पेनाङमा यसै वर्षदेखी होटल व्यवसायमा लागेका छन् । वैदेशिक रोजगारको शिलसिलामा विगत ८ वर्ष पहिले मलेसिया पुगेका युवाले यस वर्ष देखी आफ्नै होटल सञ्चालन गरी व्यवसायमा लागेका हुन ।
जिल्लाको पश्चिममा रहेको सिमा गाविस वडानं. २ नेपाका चन्द्रप्रकाश अधिकारीले मलेसियाको पेनाङमा यसै वर्ष देखि गोरखा प्यालेस थकाली भान्सा घर सञ्चालनमा ल्याएका छन् ।
मलेसियामा होटल व्यवसायमा लागेका अधिकारीले केही वर्षपछि नेपाल फर्कने वताएका छन् । नेपाल फर्के पछि आधुनिक कृषि प्रणालीमा आधारीत कृषि पेशामा लाग्ने उनले जानकारी दिए ।