समाचार

भागरथी हत्याको आरोपमा उनकै सहपाठी पक्राउ

hate

बैतडी, ५ फागुन । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले उनकै सहपाठीलाई पक्राउ गरेको छ । भागरथीको छिमेकीसमेत रहेका उनलाई बुधबार सार्वजनिक गर्ने तयारी छ । घटनाको १३औँ दिन प्रहरीले उनलाई पक्राउ गरेको हो । आरोपी युवाले सुरुमा भागरथीलाई सानो भीरबाट लडाइदिएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएको प्रहरी स्रोतको दाबी छ । भागरथीको बलात्कारसमेत भएको पोस्टमार्टम रिपोर्टले पुष्टि ...

Read More »

भागरथीका हत्यारा नजिक प्रहरी पुगेको छ : गृहमन्त्री

badal

काठमाडौं, ४ फागुन। गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजीक प्रहरी पुगेको दावी गरेका छन् । आज सर्वोच्च अदालत बार एशोसिएशन, महिला समितिको नेतृत्वमा मन्त्रालयमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री थापाले उक्त घटनाका दोषीलाई छिट्टै पक्राउ गरी कानूनी कठघरामा उभ्याइने प्रतिबद्धता जनाए। भागरथीसम्बन्धी घटना कञ्चनपुरकी निर्मला पन्तको जस्तो जटिल नरहेको जनाउँदै मन्त्री थापाले प्रहरी ...

Read More »

‘एमिकस क्युरीको राय- ‘संविधानमा जे लेखेको छ, त्यही मात्रै हेरौँ’

supreme-court

काठमाडौं, ४ फागुन । प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनमाथि अदालतका सहयोगी अर्थात् एमिकस क्युरीले राय दिने क्रम सुरु भएको छ । एमिकस क्युरीका तर्फबाट पहिलो राय दिएका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधानमा जे लेखेको छ, त्यही कुरा मात्रै हेर्नुपर्ने बताए। संविधान निर्माण गर्दा भएका छलफल र संविधानले यसो भन्न खोजेको हो भनेर कल्पना गर्नुभन्दा पनि संविधानमा जे लेखिएको छ, ठ्याक्कै ...

Read More »

छिटोभन्दा छिटो भागरथी हत्यारालाई कानुनी दायरामा ल्याउन माग

bhagarathi bhatta

काठमाडौं, ४ फागुन । नेपाल बार एसोसिएशन महिला समितिका पदाधिकारीहरूले भागरथी भट्ट घटनाको प्रभावकारी अनुसन्धान गरी अपराधीलाई कारबाही गर्न माग गर्दै गृह मन्त्री रामबहादुर थापा समक्ष ज्ञापनपत्र बुझाएका छन् । मङ्गलबार गृह मन्त्री थापालाई भेट गरी बैतडीको दोगडाकेदार–३ मा भागरथी भट्टलाई बलात्कार गरी हत्या गर्नेमाथि अनुसन्धान गरी कानुनी कारबाहीको दायरामा ल्याउन र पीडित तथा उनका परिवारलाई न्याय दिलाउन माग गरेका ...

Read More »

  कम नम्बर ल्याएर शिक्षकले विद्यार्थी कुटेको समाचार बारे बिद्यालयको विज्ञप्ति मार्फत ध्यानाकर्षण

received_1069872720190005

इन्द्रेणी सम्बादाता फाल्गुन ३ राजपुर । कम नम्बर ल्याएका कारण शिक्षकले विद्यार्थी कुटपिट गरेको समाचार प्रती सिक्टा मा.बि.ले एक विज्ञप्ति मार्फत आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष घन बहादुर वलि र प्रधानाध्यापक बिष्णु के.सी.द्वार संयुक्त रुपमा हस्ताक्षरीत उक्त विज्ञप्तिमा बिद्यालयमा निजि श्रोत शिक्षक राजकुमार सुनारले परिक्षामा कम नम्बर ल्याएको कारण कुटपिट नगरिएको तर निज विद्यार्थीले बिद्यालयमा मोबाइलको प्रयोग गरेका कारण शिक्षकले ...

Read More »

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा निवेदकको बहस सकियो

supreme-court

काठमाडौं, ३ फागुन । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा रिटमाथि निवेदकका तर्फबाट बहस सकिएको छ । सोमवार वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्णप्रसाद भण्डारी, रमण श्रेष्ठ, गोविन्द बन्दी, टीकाराम भट्टराईलगायतले प्रतिनिधि सभा विघटनको विरोध र संसद् पुनर्स्थापनाको पक्षमा बहस गरेसँगै निवेदकका पक्षबाट बहस सकिएको छ । सोमवारको बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद् प्रधानमन्त्रीको नोकर नभएको बताए । ...

Read More »

यस्ता छन् ओली सरकारका तीन वर्षका कार्यप्रगति

kp

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएको तीन वर्ष पुगेको अवसरमा आफ्नो सरकारले गरेका प्रगतिबारे जानकारी दिएका छन् । उनले आज देशबासीलाई सम्बोधन गर्दै सरकारले गरेको कार्य प्रगतिबारे जानकारी गराएका हुन् । ओलीले ७४ बुँदे कार्य प्रगति सञ्चारमाध्यम मार्फत प्रत्यक्ष सम्बोधन गर्दै जानकारी दिए । कार्यप्रगतिको पूर्णपाठ वर्तमान सरकारका तीन वर्षः प्रमुख उपलब्धिहरू सम्माननीय ...

Read More »

भागरथी हत्याको दुई साता : अन्योलमै प्रहरी

bhagarathi bhatta

बैतडी, ३ फागुन । दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको १२ दिन हुँदा पनि दोषी पत्ता लाग्न सकेको छैन। प्रहरीले अनुसन्धान साँघुरिँदै गएको दाबी गरे पनि हत्याराका बारेमा ठोस प्रमाण फेला पार्न सकेको छैन। बलात्कार र हत्यामा संलग्न एकजनामात्र हो कि एकभन्दा बढी थिए भन्ने पनि अझै खुल्न सकेको छैन। बाटोबाट स्पष्ट देखिने ठाउँमा भागरथीको शव ...

Read More »

सरकार गठनको तीन वर्ष पूरा

kp

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठनको तीन वर्ष पूरा भएको छ । राजनीतिक स्थिरता, समृद्धि र सुशासनको नारासहित २०७४ फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएको थियो । आफ्नो नेतृत्वको सरकारले स्थिरता, विकास र सुशासनमा चमत्कारपूर्ण काम गरेको प्रधानमन्त्रीको दाबी छ । तर सरकारका काममाथि विभिन्न प्रश्न उठ्न थालेका छन् । पार्टीभित्र उत्पन्न विवादकै ...

Read More »

सर्वोच्चमा निवेदकको जवाफी बहस : ‘प्रधानमन्त्रीलाई श्री ३ र श्री ५ जत्तिकै अधिकार भनेपछि…..

2015061616-point-deal-challenged-in-supreme-court-600x0

काठमाडौं, ३ फागुन । प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदकहरूले जवाफी बहसका क्रममा सरकार पक्षले तथ्यगतभन्दा कोरा कल्पनाका आधारमा बहस गरेको जिकिर गरेका छन् । सरकारी वकिलहरूले प्रधानमन्त्री केपी ओलीसँग विशेष, असीमित वा अवशिष्ट अधिकार रहेको दाबी गरे पनि संविधानका धारा देखाउन नसकेको उनीहरूको भनाइ छ । ‘विपक्षी विद्वान् अधिवक्ताहरूबाट विभिन्न धाराहरू उल्लेख गरिए, तर ती अप्रासंगिक छन् श्रीमान्,’ आइतबारबाट सुरु भएको जवाफी बहसमा ...

Read More »

Social Media Auto Publish Powered By : XYZScripts.com