समाचार

कर्णाली प्रदेश मन्त्रिपरिषद् हेरफेर

karnali

सुर्खेत, ५ बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार टिकाउन विश्वासको मत दिने एमालेका चार सांसदमध्ये तीनजना मन्त्री बनेका छन् । कांग्रेसले भने आन्तरिक छलफल गरेर दुई–तीन दिनमा मन्त्रीका लागि सांसदको नाम सिफारिस गर्ने भएको छ । फ्लोर क्रस गरेर विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसद्हरू अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई मुख्यमन्त्री शाहीले शनिबार साँझ ...

Read More »

ठूला सहरका बैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस

school

काठमाडौं, ४ बैशाख । आज सम्पन्न कोरोना व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले ठूला सहर र कोरोना सङ्क्रमण फैलिएका ठाउँमा बैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । सीसीएमसी बैठकले सहरी क्षेत्रका विद्यालयहरु बैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने र अरु ठाउँमा प्रदेश र पालिकाले निर्णय गरेअनुसार हुने निर्णय गरेको हो । कोरोना महामारीले विद्यालयहरुमा ठूलो ...

Read More »

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

kp

इन्द्रेणी संवाददाता काठमाडौं, ३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि शनिबार सर्वदलीय बैठक आह्वान गरेका छन् । विहान ११ बजे सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो । बैठकमा वर्तमान समसामयिक राजनीतिको विषय, संसदको हिउँदे अधिवेशन तथा कोभिड १९ को जोखिम पुनः बढ्दै गएको अवस्थामा त्यस विषयमा सर्वदलीय छलफल गरी सुझावका आधारमा अगाडि बढ्ने तयारी प्रधानमन्त्रीले गरेको बालुवाटार स्रोतले जनाएको ...

Read More »

विद्यालय बन्द गर्न संसदीय समितिको निर्देशन

school

काठमाडौं, ३ बैशाख। संसदीय समितिले बालबालिकाहरु कोरोनाको उच्च जोखिममा रहेको भन्दै तत्काल विद्यालय बन्द गरेर वैकल्पिक विधिबाट पठन पाठन सञ्चालन गर्न निर्देशन दिएको छ । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि भइसक्दा पनि विद्यालय सञ्चालकहरुले विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको र त्यसले बालबालिकामा संक्रमणको जोखिम बढाएको निष्कर्ष निकालेको हो । ...

Read More »

कपुरकोटमा स्थानीय जनगणना कार्यालय स्थापना

001 foto

सल्यान, ३ बैशाख । राष्ट्रिय जनगणना २०७८ को लागि शुक्रबार सल्यानको कपुरकोटमा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ । कपुरकोट गाउँपालिका संगै जिल्लाको त्रिवेणी र छत्रेश्वरी गाउँपालिकाको जनगणना गर्ने गरी कार्यालय स्थापना गरिएको हो । गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका प्रमुख भिम बहादुर सेनको उपस्थितिमा कार्यालयको उद्घाटन गरिएको हो । कार्यालयमा असार मसान्तसम्म मात्र काम हुने स्थानीय ...

Read More »

जोगियो मुख्यमन्त्री शाहीको पद

mahendra

सुर्खेत, ३ बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । प्रदेश सभामा विश्वासको मत पाएपछि शाहीको पद जोगिएको हो । ३९ जना सांसद रहेको कर्णाली प्रदेश सभाको विश्वास पाउन मुख्यमन्त्री शाहीलाई २० प्रदेश सभा सदस्यको मत चाहिन्थ्यो । मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गरेका छन् । प्रदेश सभामा मुख्यमन्त्री शाहीको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र ...

Read More »

कोरोना जोखिम बढ्दै, २४ घण्टामा ८३६ जनामा कोरोना संक्रमित थपिए

koronana

इन्द्रेणी संवाददाता काठमाडौं, ३ बैशाख । पछिल्लो समयमा नेपालमा फेरि कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । कोरोनाको दोस्रो लहर फैलदै गएको स्वास्थ्य तथा जनिसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ८३६ जनामा कोरोना संक्रमित थपिएका छन् । ५५ सय ३७ जनाको पीसीआर परीक्षण गर्दा ८३६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ...

Read More »

दाङसहित १४ जिल्ला कोरोनाअति प्रभावित सुचीमा, बालबालिकालाई स्कूल नपठाउन आग्रह

corona

दाङ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लामा राखेको छ । मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई प्रभावित र संक्रमणको जोखिममा राखेको हो । यी जिल्लालाई अति प्रभावितमा राख्दै ती जिल्लाका विद्यालयमा नगइदिन आग्रह गरेको छ । यस्तै मन्त्रालयले रात्रि व्यवसाय, ७ बजेपछि सबै ...

Read More »

आज विश्वासको मत लिदै मुख्यमन्त्री शाही

mahendra sahi

काठमाडौं, ३ बैशाख । दलहरुले केन्द्रमा नयाँ सत्ता समीकरणको प्रयास गरिरहदा प्रदेशहरुमा पनि यसको अभ्यास शुरु भएको छ । अविश्वासको प्रस्ताव पेस भएको कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिने तयारीमा छन् । आज बस्ने प्रदेशसभा बैठकमा उहाँले नेपालको संविधानको धारा १९९ को २ बमोजिम विश्वासको मत लिन खोजेका छन् । मुख्यमन्त्री शाहीले विश्वासको मत लिने तयारी गरेसँगै ...

Read More »

पानी नभएका गाउँमा विद्युतीय घट्ट

ghatta

रुकुम, २६ चैत्र। रुकुम पूर्वका पानी नभएका गाउँमा विद्युतीय घट्ट सञ्चालन गर्न थालिएको छ । जिल्लाका दुई स्थानीय तहले पानी नभएका गाउँमा विद्युतीय घट्ट निर्माणका लागि अनुदान दिएका छन् । भूमे र सिस्ने गाउँपालिकाले विद्युतीय घट्ट सञ्चालन गर्न अनुदान दिएका हुन् । जिल्लाका अधिकांश बस्तीमा घट्ट सञ्चालनका लागि पानी नभएपछि स्थानीयले समस्या खेपिरहेका छन् । रुकुम पूर्वमा धान उत्पादन नहुने ...

Read More »

Social Media Auto Publish Powered By : XYZScripts.com