समाचार

उपचारदेखि दाहसंस्कारसम्म सशुल्क

corona

काठमाडौं, ५ जेठ । गत वर्ष कोभिडका नाममा १२ अर्ब खर्च गरेको सरकारले यसपालिको बजेटमा ६ अर्ब बिनियोजन गरेको छ । अझ, चार अर्ब रुपैयाँ कुनै पनि बेला खर्च गर्न सकिने भन्दै मन्त्रिपरिषद्ले सुनिश्चित गरेको छ । तर, कोभिड उपचारमा विपन्न जनताको लाखौँ सकिँदा मूकदर्शक बनेको सरकार दाहसंस्कारमा दाउराबापत १८ देखि २८ हजारसम्म रकम उठाउँदै छ । पूर्व मोरङदेखि पश्चिम सुर्खेतसम्म कैयौँ जिल्लामा ...

Read More »

नेपालमा ८ हजार १३६ थपिए, ६८९१ कोरोनालाई जिते, १९६ जनाको मृत्यु

koronaa

काठमाडौं, ४ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १३६ जनामा कोरोना पुष्टि भएको छ । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका चार लाख ७२ हजार ३५४ बिरामी पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८९१ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म तीन लाख ५२ हजार ४१४ जना कोरोनामुक्त भएका छन् । हाल एक लाख १४ हजार ५२९ जना ...

Read More »

नागरिकको उपचारको व्यवस्था गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

supreme-court

काठमाडौं, ४ जेठ । सर्वोच्च अदालतले कोरोना महामारीको समयमा कुनै पनि नागरिक उपचार अभावमा अस्पतालबाट फर्किन नपर्ने गरी व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको छ । एक साताभित्र महामारी नियन्त्रण र उपचारसम्बन्धी विस्तृत कार्ययोजना बनाउन तथा कार्यान्वयन भए–नभएको विवरण प्रत्येक १५ दिनमा जानकारी गराउन पनि सर्वोच्चले भनेको छ । ‘अक्सिजन, आधारभूत औषधि वा अस्पतालमा स्थान वा शय्याको अभावमा कोरोना संक्रमित व्यक्तिले उपचार नपाई ...

Read More »

पूर्वीरुकुममा गहुँ उत्पादन घट्यो

gahubali

रुकुम, ३ जेठ । रुकुम ९पूर्व०मा यस वर्ष गहुँ उत्पादनमा गिरावट आएको छ । जिल्लाको मकैपछि दोस्रो प्रमुख खाद्यान्न बालीका रुपमा रहेको गहुँ उत्पादनमा गिरावट आउँदा कृषक समस्यामा परेका छन् । यस वर्ष जिल्लाभर ६ हजार ४६ दशमलव ४५ मेट्रिक टन गहुँ उत्पादन भएको छ । यो गत वर्षको तुलनामा ३८ प्रतिशतले कम उत्पादन भएको एकीकृत कृषि तथा पशुपन्छी विकास ...

Read More »

कोरोना महामारीमा प्रधानमन्त्रीको मजाक

23092015075011kp-sharma-oli-600x0

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री केपी ओलीले कोरोना महामारीको विषयमा आफ्नो विश्लेषण र प्रक्षेपण गलत भएको स्वीकार गरेका छन् । हचुवा प्रक्षेपणका कारण सरकारको तर्फबाट थुप्रै काममा समन्वयको अभाव भएको पनि उनले सुनाएका छन् । ‘नेपालमा यस रूपमा कोभिड बढ्छ भन्ने मलाई लागेकै थिएन । मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम राम्रो छ, त्यसैले अलिअलि सर्ला, तर यो तहमा चाहिँ वृद्धि ...

Read More »

कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन बन्द

korola

काशीराम बजगाईं काठमाडौं, ३ जेठ। कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन बन्द भएको छ । नेपाली औषधि उत्पादक कम्पनीहरूले कोरोना बिरामीको उपचारको क्रममा प्रयोग हुने प्यारासिटामोल, जिंक, भिटामिन ‘सी’ र फोक्सोको संक्रमणको उपचारका लागि प्रयोग हुने डक्सिसाइक्लिन तथा एजिथ्रोमाइसिन एन्टिबायोटिक लगायत औषधि उत्पादन गर्न छाडेका हुन् । विगत ३ वर्षदेखि निरन्तर स्वास्थ्य सेवा विभागलाई मूल्य समायोजनका लागि दबाब दिँदै आएको ...

Read More »

अक्सिजन वितरणको जिम्मा स्वास्थ्य मन्त्रालयले लियो

oxygen_cylinder

काठमाडौं, ३१ वैशाख । काठमाडौं उपत्यकामा अक्सिजन सिलिण्डर वितरणको जिम्मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लिएको छ । अक्सिजन सिलिण्डर वितरण प्रक्रिया कठिन भएको भन्दै सिसिएमसीले शुक्रबारदेखि मन्त्रालयबाट वितरण हुने भन्दै सूचना जारी गरेको छ। यसअघि सिसिएमसीले वितरण गर्दै आएपनि अब अक्सिजन सिलिण्डर मागको आपुर्ती मन्त्रालयबाटै हुने गरी निर्णय गरेको सिसिएमसी सचिवालयका सहसचिव नुरहरी खतिवडाले जानकारी दिएका छन् ।

Read More »

प्रधानमन्त्री ओलीले लिए शपथ

pm

काठमाडौं, ३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । विपक्षी दलहरूले गठबन्धन सरकार बनाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार पुनः नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूले समेत सपथ लिएका छन् । प्रधानमन्त्री ओलीले ...

Read More »

मुस्लिम धर्मावलम्बीहरूको महान पर्व ‘इद उल फित्तर’ आज

ramjan

काठमाडौं, ३१ बैशाख । मुस्लिम धर्मावलम्बीहरूको महान पर्व रमजान अर्थात ‘इद उल फित्तर’ आज मनाइँदैछ। इदका लागि मुस्लिम समुदाय एक महिनासम्म रोजा अर्थात उपावास बसेका थिए । नयाँ वर्षसँगै शुरु भएको रोजा ब्रत आज अन्तिम दिन हो । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुस्लिम समुदायको सबैभन्दा ठूलो ग्रन्थ ...

Read More »

सोनापुर सिमेन्ट उद्योगले दैनिक २० थान अक्सिजन दिने

cement 1

दाङ, ३१ बैशाख । कोरोना संक्रमणका कारण जिल्लामा अक्सिजनको चरम अभाब भैरहेको बेला दाङको सोनापुर सिमेन्ट्स उद्योगले अक्सिजन उपलब्ध गराउन सुरु गरेको छ । नेपाली काग्रेसका केन्द्रिय सदस्य पुर्ब मन्त्री दिपक गिरी,प्रजिअ दिर्घनारायण पौडेल र तुलसीपुर उधोग बाणिज्य सघंका पुर्बअध्यक्ष बिमल रिजालको समन्वयमा दैनिक २० थान अक्सिजन उपलव्ध गराउने बताइएको छ ।

Read More »

Social Media Auto Publish Powered By : XYZScripts.com