Author Archives: indreni Newsdesk

इतिहास जोगाउन घोडाको प्रतिमा स्थापना

hh

इन्द्रेणी संवाददाता दाङ । दाङको घोराही उपमहानगरपालिकाले घोराही शहरको इतिहास झल्काउन दुई मूख्य चोकमा घोडाको प्रतिमा स्थापना गरेको छ । घोराहीको ट्राफिक चोकस्थित गुम्रा चोकमा शनिवार घोडाको प्रतिमा स्थापना गरिएको छ । घोराही बजारको नाम घोडा शब्दबाट अपभ्रंश भएर रहन गएको इतिहास भएकाले बजारको इतिहासलाई जोगाइराख्न घोराहीस्थित भानुचोकमा स्थापना गरिने घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताए । गुम्राचोकमा भने शनिवार ...

Read More »

कपुरकोटमा स्वास्थ्य संस्था व्यवस्थापन समिति पुनर्गठन र क्षमता अभिवृद्धि तालिम संचालन

health

सल्यान, ८ फागुन । कपुरकोटका सबै स्वास्थ्य चौकीहरुमा व्यवस्थापन समिति पुर्नगठन गरिएको छ । साथै पुर्नगठीत समितीका पदाधिकारिहरुलाई क्षमता अभिमुखीकरण पनि गरिएको छ । गाउँपालिकाले भर्खरै पारित गरेको स्वास्थ्य सेवा ऐनको ब्यवस्था अनुसार ४ वटा स्वास्थ्य चौकीमा स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिती पुनर्गठन गरिएको स्वास्थ्य शाखाका संयोजक अरुण दाहालले जानकारी दिए । समितीको संरक्षकमा गाउँपालिका अध्यक्ष र व्यवस्थापक समितिको ...

Read More »

बझाङमा जिप दुर्घटना, गाउँपालिका उपाध्यक्ष सहित १० जना घाइते

accdent

बझाङ, ८ फागुन । जिल्लामा आज भएको जिप दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेमध्ये २ जनको अवस्था गम्भीर हरको प्रहरीले जनाएको छ । खप्तड छान्ना गाउँपालिका १ पौवागडीबाट सोही गाउँपालिकाको गडराय जादै गरेको सुपप्र ०१००१ ज १२२० नम्बरको विद्यार्थी बोकेको जिप दुर्घटना हुदाँ खप्तड छान्ना गाउँपालिका उपाध्यक्ष पाउसरा थापा सहित १० जना घाइते भएका हुन्। गाउँपालिकाले महेश्वरी मावि ...

Read More »

बाहिरियो सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाको ७० करोड कमिसनको सेटिङ

Gokul-Baskota

काठमाडौं, ८ फागुन । सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको प्रमाण हाम्राकुरा डटकमले प्राप्त गरेको छ। एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो हाम्राकुराले प्राप्त गरेको हो। स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने ...

Read More »

नागरिक समाज दाङको बैठक

feature0

इन्द्रेणी संवाददाता दाङ, ७ फागुन । नागरिक समाज दाङको नियमित बैठक आज सम्पन्न भएको छ । समाजका संयोजक चन्द्रराज पन्तको अध्यक्षता वसको बैठकले माघ १८ गते तुलसीपुर १९ छिल्लीकोटमा स्थानीयहरुबीच गरेको अन्तक्र्रियामा छिल्लीकोटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न र त्यहाँको मुख्य उत्पादन मालागेडीलाई व्यवसायिक रुपमा प्रवद्र्धन गर्न तुलसीपुर उपमहानगरपालिका र जिल्ला वन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै ...

Read More »

तुलसीपुरको वजार व्यवस्थापनमा कडाइ

IMG_0675

तुलसीपुर, ७ फागुन । तुलसीपुर उपमहानगरपालिकाले वजार व्यवस्थापनमा कडाई गर्ने भएको छ । पछिल्लो समय वजार अब्यवस्थित हुँदै गएको भन्ने गुनासोलाई मध्यनजर गरेर उपमहानगरपालिकाले यस्तो कडाइ गर्न लागेको हो । वजार क्षेत्रमा सवारी साधनको समेत जथाभावी पार्किङ्ग हुन लागेको भन्दै तत्काल व्यवस्थापन गर्न आवश्यक रहेको कुरामा जोड दिइएको थियो । विभिन्न सरोकारवालाहरुका विचमा भएको छलफल कार्यक्रममा वोल्दै अधिकांशले वजार अव्यवस्थित ...

Read More »

प्रदेश एक्स्पो भव्य वनाउन तातियो तुलसीपुर

expo

तुलसीपुर, ७ फागुन । प्रदेश नम्वर ५ ले फागुन १० देखि १२ गतेसम्म गर्न लागेको प्रदेश एक्स्पोलाई भव्य वनाउनकालागि तुलसीपुर उपमहानगरपालिकाले तयारी तिव्रताका साथमा अगाडि वढाएको छ । उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले विभिन्न सरोकारवाला निकायसँग छलफललाई अगाडि वढाएका छन् । उनले वुधवार विभिन्न क्षेत्रका व्यक्तिहरुसँग अलग अलग भेट गरेर सहभागिताकाका लागि आग्रह गरेका हुन् । प्रदेश एक्स्पो तुलसीपुरलाई चिनाउनका लागि ...

Read More »

तुलसीपुरमा मनाइयोे प्रजातन्त्र दिवस

IMG_0649

तुलसीपुर, ७ फागुन । तुलसीपुर उपमहानगरपालिकाले ७० औ प्रजातन्त्र दिवस मनाएको छ । राणाशासनको अन्त्य भएर प्रजातन्त्रको उदय भएको दिनको अवसर पारेर यस्तो दिवस मनाइएको हो । कार्यक्रममा वोल्दै नगर प्रमुख घनश्याम पाण्डेले स्थानीय सरकारले लोकतन्त्रको पक्षमा प्रतिवद्ध भएर काम गरिरहेको कुरामा जोड दिए । जनताले पछिल्लो समय लोकतन्त्रको वलियो अनुभुति गरिरहेको समेत उनको भनाई थियो । “लोकतन्त्र विना जनताको ...

Read More »

दाङका कारागारबाट २० कैदीबन्दीको कैद मिनाह

karagar

इन्द्रेणी संवाददाता दाङ, ७ फागुन । सरकारले ७० औं प्रजातन्त्र दिवसको अवसरमा दाङमा २० जना कैदीबन्दीहरुको कैद मिनाह गरिएको छ । दाङको घोराही र तुलसीपुर कारागारमा आफ्नो सजाय काटिरहेका २० कैदीबन्दीको कैद सजाय मिनाह गरिएको हो । जसमा घोराही कारागारबाट १० र तुलसीपुर कारागारबाट १० रहेका छन् । साथै आज दाङमा प्रभातफेरि तथा अन्तक्र्रियाको आयोजना गरी प्रजातन्त्र दिवस बनाइएको छ ।

Read More »

राप्ती लोकमार्ग : ठेक्का आह्वान गर्दा पनि परेन आवेदन

rapti_sadak-750

रूकुम, ७ फागुन । राप्ती लोकमार्ग अन्र्तगत रूकुम खण्डको सडक मर्मतका लागि ठेक्का आह्वान गरिए पनि अहिलेसम्म कुनै निर्माण कम्पनीको आवेदन परेको छैन । चौथो पटकसम्म सडक मर्मतका लागि ठेक्का आह्वान गरिए पनि कुनै कम्पनीले आवेदन नदिएको सडक डिभिजन कार्यालय, रूकुमले बताएको छ । कार्यालयले पहिलो पटक ३० दिन, दोस्रो र तेस्रो पटक १५/१५ दिनको म्याद राखी ठेक्का आह्वानको सूचना ...

Read More »

Social Media Auto Publish Powered By : XYZScripts.com