Author Archives: indreni Newsdesk

दाङका विभिन्न ठाउँमा महरालाई भव्य स्वागत

mahara

इन्द्रेणी संवाददाता दाङ, १२ फागुन । पूर्वसभामुख कृष्णबहादुर महरालाई दाङका विभिन्न स्थानमा स्वागत गरिएको छ । उनलाई आज भालुवाङ, सिसहनिया र लमहीमा भव्य स्वागत गरेका हुन् । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि जवरजस्तीको प्रयास गरेको आरोपमा थुनिएका महरालाई काठमाडौं जिल्ला अदातलले निर्दाेष ठहर गर्दै सफाइ दिएपछि उनी मतदातासँग छलफल गर्न दाङ आउने क्रममा उनलाई स्वागत गरिएको हो । महरालाई भालुबाङ ...

Read More »

रूकुमको चित्रीपाटन पुग्ने पदमार्ग निर्माण

rukum

रूकुम, १२ फागुन । रूकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित चित्रीपाटनसम्म पुग्ने पर्यटन पदमार्ग निर्माण गरिएको छ । नेपालका १०० पर्यटकीय गन्तव्यको सूचीमा परेको चित्रीपाटन पुग्न गोतामकोटको कालिकादेखि मालिकासम्म ५०० मीटर पदमार्ग निर्माण गरिएको हो । कर्णाली प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रू। ६५ लाख लागतमा निर्माण भएको उक्त पदमार्गमा ६१३ ओटा सिँढी छन् । चित्रीपाटन प्रमुख पर्यटकीय ...

Read More »

‘एक्स्पो’ को आज अन्तिम दिन, तुलसीपुर क्षेत्रका विद्यालय विदा

droon 1

इन्द्रेणी संवाददाता दाङ, १२ फागुन । प्रदेश ५ सरकारको आयोजनामा दाङको वेल्झुण्डीमा आयोजना गरेको प्रदेश ५ स्तरीय ‘एक्स्पो’ को आज अन्तिम दिन हो । एक्स्पोमा प्रदेशका १२ वटै जिल्लाको उल्लासमय सहभागीता छ । विभिन्न आफ्ना गाउँठाउँका संस्कृतिहरुको प्रदर्शनी गरिएको छ । एक्स्पोमा ड्रोनबाट मल र विषाधि छर्नेदेखि विभिन्न आधुनिक प्रविधिलाई पनि सिक्ने र सिकाउने प्रविधिका रुपमा राखिएको छ । यसैबीच ...

Read More »

सिक्टा सिँचाइ आयोजनाको काम ६० प्रतिशत सकियो

sikta

बाँके, १२ फागुन। बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहरको भविष्य अन्योलमै छ । नहरमा मर्मतपछि पनि चार क्युमेक्सभन्दा बढी पानी थेग्न सक्छ भन्ने विश्वास आयोजनाका प्राविधिकहरुमा छैन । पश्चिमी र पूर्वी गरी आयोजनाका दुई मूल नहर छन् । पश्चिमी नहरबाट ३३ हजार ७६६ र पूर्वी नहरबाट नौ हजार हेक्टर गरी ४२ हजार ७६६ हजार हेक्टर जमिनमा ...

Read More »

अब ड्रोनबाट मल र विषाधि

droonn

इन्द्रेणी संवाददाता दाङ, ११ फागुन । प्रदेश नं. ५ की भूमि व्यबस्था कृषि सहकारी मन्त्री आरती गिरीले अब डोनबाट मल र विषाधि छर्ने बताएकी छन् । दाङको वेल्भुण्डीमा मन्त्रालयले मल र विषाधि छर्ने ड्रोन भित्र्याएको जानकारी दिदै अव नयाँ प्रविधि अनुसार कृषि पेशालाई सरलिकरण गरिने गिरीले बाताइन् । उनले पुरानो र परम्परागत शैलीबाट मुलुकको संमृद्धि सम्भव नभएको भन्दै अब कृषिलाई ...

Read More »

खाजा कटाएर असहाय बालबालिकालाई सहयोग

himal

तुलसीपुर, ११ फागुन। तुलसीपुमा रहेको हिमाल एकाडेमीका विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर असहाय बालबालिकाहरूलाई सहयोग गरेका छन्। महाशिवरात्रीको अवसरमा विजौरीमा रहको असहाय सहयोग केन्द्रमा रहेका १७ बालबालिकालाई हिमाल एकाडेमी तुलसीपुरमा रहेको इन्ट्रयाक्ट क्लवका सदस्यहरूले खाजा खर्च बचाएर उनीहरूकै अगुवाईमा सहयोग गरिएको हो। सामाजिक उत्तरदायित्व अन्तर्गत मासिकरूपमा गरिने सहयोग फागुन महिनामा असहाय बालबालिकाहरूलाई सहयोग गरिएको विद्यालयका शिक्षक भिमलाल मरासिनीले बताए। उनले ...

Read More »

बस चालक मनिरामलाई सहाराको सम्मान

maniram bk

घोराही, ११ फागुन । घोराहीमा केन्द्रीय कार्यालय रहेको सहारा यातायात सेवा प्रालिले बस चालक मनिराम बिकलाई नगदसहित सम्मान गरेको छ । प्रालिको शनिबार सम्पन्न भएको दोस्रो साधारणसभाका अबसरमा नगदसहित सम्मान गरेको हो । प्रालिका अध्यक्ष सुरेन्द्र केसी, उपाध्यक्ष टीकाराम पौडेल, सचिब अतुल कवर, कोषाध्यक्ष रामजनक चौधरीसहित कार्यसमिति सदस्यहरुको सहभागीतामा बस चालक बिकलाई नगद पाँच हजार पाँच सय ५५ रुपैया, सम्मान ...

Read More »

परिमार्जनपछि मात्रै एमसिसी अनुमोदन

cpu

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी०लाई संसद्बाट चा“डो अनुमोदन गर्ने पक्षमा रहे पनि सत्तारुढ दल नेकपाको पछिल्लो ‘पोजिसन’ले लम्बिने भएको छ । शनिबार बसेको सचिवालय बैठकमा अध्ययन कार्यदलको ‘ब्रिफिङ’ सुनेपछि नेकपाका शीर्ष नेताहरू एमसिसी यथास्थितिमै पास नगर्ने निष्कर्षमा पुगेका छन् । बैठकको सुरुवातमा अध्ययन कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनका मुख्य विषयवस्तुबारे सदस्यहरूलाई जानकारी दिएका ...

Read More »

यातायात व्यवसायी यात्रुमैत्री व्यवहार सिक्दै

10

दाङ १० फागुन । यही फागुन १६ र १७ गते हुने राप्ती अन्चल सार्वजनिक यातायात व्यवसायी समिति रुपान्तरित त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालि प्रथम अधिवेशनको संघारमा छ । त्यसका लागि आन्तरिक तयारी भइरहेको प्रालिले जनाएको छ । अधिवेशनले नयाँं नेतृत्व चयन सहित यात्रुमैत्री यातायात सेवा तथा व्यवसायमैत्री यातायात सेवामा प्रतिवद्ध रहने मुख्य एजेण्डा पारित गर्ने छ । अधिवेशनमा सामाजिक उत्तरदायित्व ...

Read More »

दाङमा प्रदेश ५ स्तरीय ‘एक्स्पो’ शुरु

ss

इन्द्रेणी संवाददाता दाङ, १० फागुन । प्रदेश ५ सरकारको आयोजनामा दाङको वेल्झुण्डप्मा आजदेखि प्रदेशस्तरीय ‘एक्स्पो’ शुरु भएको छ । एक्स्पोको उद्घाटन प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेलले गरे । एक्स्पोको उद्घाटन गर्दै यसले प्रदेश नम्बर ५ को आर्थिक संमृद्धिको ढोका खोल्न महत्वपूर्ण भूमिका खेल्ने बताए । एक्स्पोमा प्रदेश सरकारले आफ्नो स्थापनाको दुई वर्षसम्म गरेको कामबारे पनि जानकारी हुने भएकाले ...

Read More »

Social Media Auto Publish Powered By : XYZScripts.com