Author Archives: indreni Newsdesk

राप्ती गाउँपालिकालाई सडकमानव मुक्त घोषणा गरिदै

feature0

तिर्थराज ज्ञवाली देउखुरी, १४ फागुन । राप्ती गाउँपालिकामा दुःख पाएर, मानसि रुपमा कमजोर भएर सडकमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने उदेश्यका साथ सडक मानव मुक्त गाउँपालिका घोषणा गर्ने कार्यक्रम विहिवार आयोजना हुदैछ । प्रदेश नं ५ का सामाजिक विकास मन्त्रि सुदर्शन बरालले राप्तीको अवस्थालाई चित्रण गर्दै यस क्षेत्र दुःख पाएर सडकमा जिवन यापन गर्ने नागरिक नरहेको गाउँपालिका हुने भनि सडक मानव ...

Read More »

स्वर्गद्वारी विमानस्थल बनाउन इआइए प्रतिवेदन स्वीकृत

Sworgdwari-Airport

झिमरुक, १४ फागुन । लामो समयदेखि चर्चामा रहेको स्वर्गद्वारी विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन स्वीकृत भएको छ । सोमबार वन तथा वातावरण मन्त्रालयमा मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएको हो । विसं २०७१ सालबाट प्रक्रिया अगाडि बढेको विमानस्थल निर्माणको काम विभिन्न समस्या र राजनीतिक खिचातानीले रोकिए पनि अब यसको काम अगाडि बढेको छ । गत जेठ १५ गते बजेट भाषणमा ...

Read More »

रिजालले दिए उद्योग बाणिज्य महासघको केन्द्रिय सदस्यमा उम्मेदवारी

bimal4

दाङ, १४ फागुन । नेपाल उद्योग वाणिज्य महासघंको आगामी चैत २८ र २९ गते काठमाडौमा हुन गईरहेको निर्वाचनमा खुल्ला तर्फको केन्द्रिय सदस्य पदका लागि तुलसीपुर उद्योग वाणिज्य सघंबाट बिमल रिजालले उम्मेदवारी घोषणा गरेका छन् । रिपोर्टस क्लव दाङले मगंलवार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष बिरबहादुर रावतले खुल्ला तर्फको केन्द्रिय सदस्य पदका लागि सघंका पुर्व अध्यक्ष बिमल ...

Read More »

दाङमा लागुऔषधसहित एक जना पक्राउ

87270609_1023413678029235_8815432834740125696_n

इन्द्रेणी संवाददाता दाङ, १४ फागुन । दाङमा प्रहरीले एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । घोराही १५ ट्राफिक चोक साइमन्दिरबाट सोही वस्ने १८ वर्षका भुवन वली भन्ने पदम वलीलाई प्रहरीले Nitravet-10-325 (१६पत्ता) र Tramol-50 र Koftab –D नामको लागुऔषधसहित पक्राउ गरेको हो । उनीबाट गोप्पे सूचनाका अधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Read More »

तुलसीपुर मेट्रो कलेजमा वन्यजन्तु प्राविधिक तालिम सुरु

metro

तुलसीपुर, १३ फागुन । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर वहुप्राविधिक शिक्षालय मेट्रो कलेजमा छोटो अवधिको वन्यजन्तु प्राविधिक तालिमको सुरुवात भएको छ । यसै शैक्षिक सत्रबाट ३ वर्षे वनविज्ञान कार्यक्रम सञ्चालन गर्दै आएको कलेजले सिटिइभिटीको सहयोगमा उक्त तालिम सञ्चालन गर्न लागेको हो । उपमहानगरपालिका भित्रका १९ वटै वडाका ६० जना प्रशिक्षार्थीलाई लक्षित गरेर ३ सय ९० घण्टाको उक्त तालिम सञ्चालन गरिएको ...

Read More »

भोली विप्लवनिकट विद्यार्थी संगठनको शैक्षिक हड्ताल

87552214_2483777641939362_5237578644557135872_n

इन्द्रेणी संवाददाता दाङ, १३ फागुन । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङले भोली फागुन १४ गते आम शैशिक हड्तालको घोषणा गरेको गरेको छ । संगठनले केन्द्रीय कार्यक्रम अनुसार गिरफ्प्तार गरिएका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई रिहाईको माग गर्दै आम शैक्षिक हड्तालको घोषणा गरिएको संगठन दाङका अध्यक्ष अनिल केसीद्धारा हस्ताक्षेरीत विज्ञप्तिमा उल्लेख छ ।

Read More »

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

accdent

इन्द्रेणी संवाददाता दाङ, १३ फागुन । दाङमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । रा ३ प ५७११ नम्बरको मोटरसाइकल दुर्घटनामा घाइते भएका तुलसीपुर १६ का कृष्णबहादुर डाँगीको मृत्यु भएको छ । सोमवार दिउसो लमही–घोराही सडकखण्डको कुलमोडमा मोटसाइकल दुर्घटना भएको घाइते भएका डाँगीको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Read More »

कर्णालीमा जीप खस्यो, चालकको मृत्यु

karnali

दैलेख, १३ फागुन १३ गते । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिकाका–१ को जिते बजारमा कर्णाली नदीमा आज बिहान जीप खसेको छ । रासकोटबाट जितेगडा यात्रु लिएर आएको लु१ज ४१४१ नंको जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए । जीपमा सवार यात्रु झारेर ब्याक गर्ने क्रममा दुर्घटना भएको जीपमा चालक मात्र रहेको ...

Read More »

रोटरी क्लव मानवीय सेवा

87410417_2742450005837058_8007363342479917056_n

दाङ, १३ फागुन । रोटरी क्लव अफ एलडरसट इङ्ल्यान्डका सदस्य पवित्र केसीले रोटरीको निस्वार्थ भावले सेवा गर्ने शैलीबाट आफु प्रभाबित भएर इङ्ल्यान्डमा रहेर पनि त्यहाँको स्थानिय क्लबमा आवद्द भई सेवामुलक सामाजिक कार्यमा लागेको बताएकी छन् । रोटरी क्लव अफ तुलसीपुर सिटीले आयोजना गरेको कार्यक्रममा केसीले यस क्लबले गरेका सम्पूर्ण गतिबिधिहरु उल्लेखनिय रहेको र विशेषगरी समाजसेवा र मानविय धर्म प्रति लक्षित ...

Read More »

दाङमा मोटरसाइकल चोरी बढ्दै, चोरी भएका तीन मोटरसाइकल धनीलाई हस्तान्तरण

moo

इन्द्रेणी संवाददाता दाङ, १२ फागुन । दाङमा पछिल्लो चरणमा पाकिङ् गरेर राखिएका मोटरसाइकलहरु चोरी हुने क्रम बढेको छ । विभिन्न व्यीक्तहरुले ती माटरसाइकलहरु चोरेर लैजाने र प्रहरीले सक्रियता देखाएपछि विचमै अथवा कुनै स्थानमा वेवारिसे अवस्थामा छड्ने गरेका छन् । यसैक्रममा जिल्ला प्रहर िकार्यालयले आज मात्रै चोरी भएका तीन वटा मोटरसाइकल वत्तालगाएर मोटरसाइकल धनीलाई हस्तान्तरण गरेको छ । घोराही ४ सुनपुर ...

Read More »

Social Media Auto Publish Powered By : XYZScripts.com