Author Archives: indreni Newsdesk

स्थानीय जनप्रतिनिधिले तलव नदिन सर्वाेच्चको आदेश

supreme-court-of-nepal

काठमाडौं, १ कार्तिक । सर्वोच्च अदालतले प्रदेश–१ बाहेक छ वटा प्रदेशसभाका स्थानीय तहका जनप्रतिनिधिले मासिक सुविधा लिने गरी बनाएको कानून बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले आज निर्णय सुनाउँदै स्थानीय तहका पदाधिकारीले लिइरहेको पारिश्रमिक, तलब, सेवा सुविधासम्बन्धी कानून बदर गर्ने फैसला सुनाएको अदालतका सूचना अधिकारी देवेन्द्र ...

Read More »

उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

Election-Commission

काठमाडौँ, १ कार्तिक। आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले आज सार्वजनिक गरेको कार्यतालिका अनुसार कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तालिका छ । त्यस्तै  सोही दिन दिउँसो १ः३० देखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, २२ गते बिहान ११ देखि अपराह्न ५ बजेसम्म ...

Read More »

विमानस्थलमा तोडफोड गर्ने सांसद साधारण तारेखमा छुटे

Pramod-Sah

काठमाडौं, १ कार्तिक । विमान ढिलो भएको भन्दै जनकपुर विमानस्थलमा तोडफोड गर्ने प्रतिनिधिसभा सांसद प्रमोद साह साधारण तारेखमा रिहा भएका छन् । आज भएको थुनछेक बहसपछि जिल्ला अदालत धनुषाले उनलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो । जिल्ला अदालत धनुषाको इजलास नं ३ मा सांसद साह विरुद्धको मुद्दामा थुनछेक बहस भएको थियो । न्यायधिश तेजप्रसाद पौडेलको इजलासले सांसद साह ...

Read More »

दाङमा पक्राउ परेका विप्लव समूहका २१ नेताबाट के-के हतियार बरामद भए

IMG_2683

इन्द्रेणी संवाददाता दाङ, १ कार्तिक । दाङमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेता कार्यकर्ताबाट प्रहरीले हतियार एवं महत्वपूर्ण दस्तावेजहरु वरामद गरेको छ । प्रहरीले पक्राउ परेका २१ जना नेता तथा कार्यकर्ताहरुबाट ६ थान पेस्तोल, त्यसमा लाग्ने गोली, नगद रकम, चन्दा उठाउन प्रयोग गरिने रसिदलगायत बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरुबाट MADE IN USA लेखिएको पेस्तोल ...

Read More »

कहिले बल्ला कल्लेरी गाउँमा विजुलीबत्ती……

budhigandak

काठमाडौं, १ कार्तिक । बूढीगण्डकी (१२ सय मेगावाट, जलाशययुक्त) स्वदेशी लगानीबाट बनाउने भन्दै सरकारले जनतासित पेट्रोलियममा कर उठायो। उठ्यो ३५ अर्ब रुपैयाँभन्दा बढी। आयोजना भने अझै बन्नेरनबन्ने अत्तोपत्तो छैन। सरकारले बूढीगण्डकीका नाममा कर पनि उठाउन छाडेको छैन। आयल निगमका अनुसार घोषणा भएदेखि ३५ अर्ब ३२ करोड रुपैयाँ उठिसकेको छ। पहिलोपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओली नेतृत्वको सरकारले २०७२र७३ देखि ‘स्वच्छ ...

Read More »

सांसद आलमले यसरी जिउँदै जलाएका थिए विस्फोटका घाइतेलाई

alam

काठमाडौं, १ कार्तिक । ६४ चैत ः संविधानसभा निर्वाचनको माहोल तात्तिएको थियो । जनताले मत दिएर संविधान लेख्ने ऐतिहासिक अवसरमा सहभागी हुन उत्सुक २२ वर्षीय त्रिलोकप्रताप सिंह (पिन्टु) पनि भारतबाट गाउँ फर्किए । बिहारको सीतामढीस्थित राधाकृष्ण गोयन्का कलेजमा स्नातक तह अध्ययन गर्ने पिन्टु रौतहटको यमुनामाई, सरुहट्ठास्थित घर फर्किनासाथ चुनावी माहोलमा हेलिए । भाषणकलामा तेज पिन्टुलाई मोहम्मद अफ्ताव आलमका भाइ महताव आलमले साथमा लिइहाले । ...

Read More »

ज्ञानज्योति फाउन्डेसनका प्रमुख जिसीलाई सम्मान

suren gc

तुलसीपुर, १ कार्तिक । रोट्रयाक्ट क्लव अफ तुलसीपुर सिटीले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै ज्ञानज्योति फाउन्डेसनका प्रमुख सुरेन्द्र जिसीलाई सम्मान गरेको छ । क्लवको नियमित कार्यक्रम अन्तर्गत शिक्षा मार्फत समाज रुपान्तरणमा महत्वपूर्ण योगदान दिएको भन्दै उनलाई सम्मान गरिएको अध्यक्ष नविन राईले जानकारी दिए । जिसीले लामो समयदेखि तुलसीपुरको शिक्षाको गुणस्तरियता वृद्धिका लागि काम गर्दै आएका छन् । ज्ञानज्योति माविलाई ...

Read More »

तिहार अगाडि नै तुलसीपुर झिलीमिली

tulsipur bajar

तुलसीपुर, १ कार्तिक । तुलसीपुर उपमहानगरपालिकाले तिहार अगाडि नै तुलसीपुर वजारलाई झिलीमिली पार्ने गरी काम अगाडि वढाएको छ । उज्यालो तुलसीपुर अभियान अन्तर्गत वजार क्षेत्रभित्र तिहार अगाडि नै सबै पोलमा वत्ति जडान गर्ने प्रक्रिया अगाडि वढाएको नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए । उनले वत्ति नभएको ठाउँमा नयाँ वत्ति जडान गर्नुका साथै पुराना सोलार वत्तिहरुको मर्मत प्रक्रिया अगाडि वढेको समेत ...

Read More »

दाङमा नेकपाको चियापान कार्यक्रम

cpn

इन्द्रेणी संवाददता दाङ, ३० असोज । दाङमा आज नेपाल कम्युष्टि पार्टी (नेकपा) ले चियापान कार्यक्रम गरेको छ । घोराहीस्थित जिल्लाको पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा बोल्ने नेकपाका नेताहरुले नेपालमा लोकतन्त्र स्थापना हुँनु ठूलो उपलव्धी भएको बताए । उनीहरुले यो व्यवस्थाले जनताका हकअधिकार सुनिश्चित गर्नुका साथै राजीतिक रुपमा पनि सबैलाई फाइदा गरेको बताए । कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य युवराज ज्ञवालीले ...

Read More »

को-को परे दाङमा विप्लवका नेता पक्राउ (नामसहित)

Biplab

इन्द्रेणी संवाददता दाङ, ३० असोज । दाङ प्रहरीले गएराति नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पश्चिम कमान्डसहित २१ जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष स्रचनाका आधारमा नेपाल–भारत सीमासँग जोडिएको दाङकै राजपुर गाउँपालिका ४ मरेठा जंगलको बीचमा रहेको एक घरमा बैठक बसिरहेको वेलामा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आज मात्रै जिल्ला प्रहरी कार्यालय दाङमा ल्याइएको छ ।   ...

Read More »