दीपबहादुर घर्ती
जाजरकोट, २४ साउन ।
जिल्लाका विभिन्न ठाउँमा नेपाल जलवायु परिर्वतन सहयोग कार्यक्रमद्धारा सञ्चालित विकास निर्माणका काममा महिला सहभागितालाई जोड दिएको छ । जलवायु परिवर्तनको असरवाट वढी प्रभावित समुदाय पनि महिलानै हुने भएको हुदा अनुकुलनमा सहयोग पुर्याउन विकास निर्माणमा महिला सहभागितालाई जोड दिईएको हो । पजारु गाविसको वडानं. ६ रौतनगाउँमा सम्पन्न झिक्नीखेत चिउरीगाउँ खानेपानी आयोजना निर्माण कार्यमा महिलाको मात्र सहभागिता रहेको नेपाल जलवायु परिर्वतन सहयोग कार्यक्रम जाजरकोटका लेखापााल दिपक रावलले वताए । रावलले उक्त खानेपानी आयोजनाको निकै जोखिमपूर्ण भिरको पाईप लाईन खन्ने, पाईप दवाउने जस्ता काममा पुरै महिलाको मात्रै सहभागिता रहेको वताए ।jkt

रौतनगाउँका महिलाहरुले मात्र निर्माण गरेको खानेपानी आयोजना ८ लाख अनुदान र २ लाख १० हजार २ सय १३ रुपैया १६ पैसा जनश्रमदान गरि जम्मा १० लाख १० हजार २ सय १३ रुपैया १६ पैसामा सम्पन्न भएको लेखापाल रावलले वताए । उक्त आयोजनामा ४ वटा धारा, ६ हजार लिटरको एक टयाङकी र एउटा ईन्टेक निर्माण गरिएको छ । त्यसैगगरी उक्त आयोजना निर्माण तथा उपभोक्ता समितिको अध्यक्ष पदमा महिला नै रहेको उनले वताए–“अध्यक्षमा जैसरा खत्री, सचिवमा गगनबहादुर वस्नेत र कोषाध्यक्षमा हरीबहादुर भारती रहेका थिए ।”

उक्त खानेपानी आयोजनावाट हाल ४७ घरधुरी लाभाम्वित भएका छन् । त्यसैगरी महिलाहरुको मात्र सभागिता रहेको जलवायु परिवर्तन सहयोग कार्यक्रमद्धारा सञ्चालित अर्को आयोजना ढिमे गाविस वडानं. ४ घरंगाको गैरीखेत तारजाली पर्खाल निर्माणको काम हो । २०६३ सालमा आएको वाढीले वगाएर जोखीम वन्दै गएका घरंगा स्थित खेतहरुको महिलाहरुले नै तारजाली भरेर सुरक्षा गरेको लापा सहजकर्ता ज्योति नेपालीले वताईन् । वाढी पिडित घरंगामा एक वाई दुईका ६३ वटा जालीहरु महिलाहरुले भरेर जिल्लाकै नमुनायोग्य काम गरेको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम जाजरकोटका लेखापाल दिपक रावलको दावी छ ।

उक्त आयोजना ४ लाख अनुदान र एक लाख ६ हजार ८ सय २७ रुपैयाको जनश्रमदान गरि ५ लाख ६ हजार ८ सय २७ रुपैयामा आयोजना सम्पन्न भएको रावलले जानकारी दिए । त्यस उपभोक्ता समितिको अध्यक्षमा नैनसिला सिंह, सचिव कमला नेपाली र कोषाध्यक्षमा गंगा सिंह रहेका थिए । जिल्लामा ८ वटा लापा सञ्चालन गरिरहेको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमले गत आर्थिक वर्षमा विभिन्न तालिम तथा जनचेतनामुलक कार्यक्रम सहित एक सय ५ वटा आयोजना तथा कार्यक्रमहरु सञ्चालन गरिएको लेखापाल दिपक रावलले जानकारी दिए । गत आर्थिक वर्षमा यस जिल्लाका लागि स्वीकृत ४ करोड ८६ लाख २८ हजार वजेट मध्येमा ४ करोड २८ लाख ७४ हजार ५ सय ९४ रुपैया खर्च भई ८८ दशमलव १७ प्रतिशत वित्तिय प्रगति हासिल भएको रावलले दावी गरे ।