govinda acharya

गोविन्द आचार्य
पहिले नेपाल पत्रकार महासंघमा नेपाली कांग्रेसलाई मान्नेहरु मात्रै अध्यक्ष हुने प्रचलन थियो । २२र२३ वर्ष पहिले नेपाली कांग्रेसले पत्रकार महासंघ मात्रै होइन, आस्थाका आधारमा पनि पत्रकारको संगठन आवश्यक छ भनेर संगठन जन्मायो । त्यसपछि १५र१६ वर्ष अघि एमालेले पनि पत्रकारहरुको संगठन जन्मायो ।

हामीलाई हिजो संसदीय व्यवस्थाले गणतन्त्रका पक्षमा लेख्न दिएन । संविधानसभाको पक्षमा लेख्न दिएन । संविधान र गणतन्त्रको पक्षमा लेखेवापत कृष्ण सेनसहित २६ जना पत्रकारलाई समातियो र हिरासतमा राखियो र हिरासतभित्रै हत्या गरियो । त्यस अवस्थामा हामी पनि जेल पर्न बाध्य भयौं ।

हामीले जनताको वीचमा गएर सञ्चार माध्यम स्थापना गर्‍यौं । ५र६ ठाउँमा हामीले गणतन्त्र रेडियो चलायौं । पत्रपत्रिका सञ्चालन गर्‍यौं र हामीले पनि के आवश्यकता महसुस गर्‍यौं भने साँच्चै गणतन्त्रको पक्षमा मिसन सञ्चालन गर्नका लागि संस्था जरुरी छ भनेर हामीले क्रान्तिकारी पत्रकार संघ भन्ने जनयुद्धकै बेला स्थापना गर्‍यौं ।आजसम्म आइपुग्दा विचार र आस्थाका आधारमा पनि पत्रकारहरु संगठित हुने क्रम अगाडि बढिरहेको छ । र, मैले ‘मिडिया नेपाल’को घोषणालाई पनि कहीँ न कहीँ विचार र आस्था मिल्ने साथीहरुको संस्था हो भन्ने बुझेको छु ।

पत्रकारहरु आफैंमा श्रमजीवी हुन् । र, श्रमजीवी पत्रकारहरुको हक हित र अधिकारका निम्ति तपाई९हामी एकैसाथ अघि बढ्नेछौं भन्ने कामना गर्न चाहन्छु ।

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको छ । योबेला संविधान कार्यान्वयन गर्नुपर्ने चुनौती पनि साथसाथै छ । संविधानले समाजवादोनोन्मुख समाजको कल्पना गरेको छ । हामीले अब कस्तो मिसन बनाउने भन्ने चुनौती छ ।

पत्रकारसँग राष्ट्र र जनताको हितभन्दा अर्को कुनै स्वार्थ हुँदैन । त्यसैले अबको हाम्रो मिसन भनेको राष्ट्र र जनताको हित नै सबैभन्दा ठूलो मिसन हो । त्यसपछिको मिसन भनेको श्रमजीवी पत्रकारको हित र सञ्चार क्षेत्रका तमाम समस्याहरुको समाधान गर्नु हो ।
( राप्रपा नेपालनिकट पत्रकारहरुको संगठन ‘मिडिया नेपाल’ को घोषणा कार्यक्रममा आचार्यले व्यक्त गरेको विचारको अंश )