इन्द्रेणी संवाददाता
दाङ ६ बैशाख
पशु स्वाथ्य सम्वन्धी १५ दिने तालिम आइतवार त्रिपुर नगर पालिका १० स्थित नरदेवी मावि तेघरामा सम्पन्न भएको छ । पशुपालन तथा स्याहार गर्दा हुने समस्या र समस्याका समाधानका उपायहरुका बारेमा कृषकहरुलाई जानकारी दिईएको थियो । त्यस अबसरमा आफ्नै खेत बारीमा उन्नत घाँस उत्पादन गरी गोठमा रहेका चौपायाहरुबाट राम्रो उत्पादन लिन सकिने बारेमा बताईएको थियो ।

feature

युवा तथा प्रौढहरुका लागि आयोजना गरिएको पशु स्वास्थ्य सम्वन्धी तालिमको आज एक कार्यक्रमको आयोजना गरी समापन गरीएको हो । सामुदायिक अध्ययनकेन्द्र ढिकपुरको आयोजना तथा युनेस्को काठमाडौको सहयोगमा त्रिपुर नगरपालिका वार्ड नम्वर दश देखि १३ सम्मका तीस जना किसानहरुको सहभागिता रहेको थियो ।

सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष राधा के.सी.को अध्यक्षता एवं वार्ड सचिव मधुसुदन वस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी तालिम सम्पन्न गरीएको हो । तालिमका प्रमुख प्रशिक्षक कृषिसेवा केन्द्र दाङका प्रमुख दिपक श्रेष्ठ, पत्रकार एवं साहित्यकार पद्मप्रसाद शर्मा, स्रोतकेन्द्र तेघराका स्रोतब्यक्ति मोहन कुमार दाहाल, नरदेवी मा.वि. तेघराका निमित्त प्रधानाध्यापक शान्तिदेवी शर्मा लगायतले बोल्नु भएको थियो भने सहजीकरण सहजकर्ता लक्ष्मी अर्यालले गर्नु भएको थियो ।।