Dhaniram sharma
धनिराम शर्मा

रुकुम समुद्री सतहदेखि ७ सय ५४ मीटर उचाईदेखि ६ हजार मीटर उचाईको भौगलिक बनावटसंगै प्राकृतिक, सांस्कृतिक,यार्शा गन्तव्य गुरिल्ला ट्रेक, साहसीक पर्यटकीय  विविधताले सजिसजाउ छ ।  प्राकृतिक श्रोतमा धनी, विविधतामा एकता, मगर संस्कृति भूमि , उजागर नभएको क्षेत्र अनि कान्छो नेपाल
को उपमाबाट सिंगारिएको छ । राप्तीका विद्यमान अन्य जिल्ला भन्दा बढी पर्यटकको पाइलो पर्ने रुकुम पर्यटनका सबै आयामबाट समृद्ध छ । पर्यटकका मूर्त या अमूर्त पर्यटकीय सम्पदाहरुलाई प्रवद्र्धन गर्दै बजारीकरण गर्न यतिबेला रुकुममा भ्रमण वर्षको अभियान चल्दै छ । स्थानीय निकाय जिल्ला विकास समिति र निजी क्षेत्रको पहलमा यतिबेला रुकुमभर भ्रमणवर्षको अभियान छेडिएको हो ।  सांस्कृतिक पर्यटन युद्धपर्यटन, यार्शा जोर्नी हिमआरोहण, साहसी पर्यटनले सजिएको छ रुकुम । रुकुम विविध प्राकृतिक सांस्कृतिक जीवनले समृद्ध छ । त्यसैलाई आधार बनाएर समग्र रुकुमको आर्थिक जीवनमा परिवर्तन ल्याउने यतिबेला रुकुम भ्रमण वर्ष २०७२ को अभियान संचालन भएको छ ।
रुकुम भ्रमण किन रु
राप्ती अंचलको पहाडी जिल्ला रुकुम उचित पर्यटकीय गन्तव्य हो । दाङदेखि एक सय उन्चालिस किलोमिटर दुरीमा पर्दछ रुकुम । भौगलिक विविधतता, जैविक विविधता प्राकृतिक विविधता सांस्कृतिक उपमाहरुले रुकुम समृद्ध छ। सवा दुई लाख रुकुमेलीहरुको बसोबास रहेको रुकुमसंग चौरजहारी बेसीँ फाँटदेखि सिस्ने र पुथा हिमालका टाकुराहरुले सजिएको छ । मौलिक जीवनशैली र संस्कृतिहरु रहेका छन, विशेषतः संस्कृतिमा मगर संस्कृति रुकुमको बरदान जस्तै छ । रुकुमकोटदेखि पूर्व उत्तरतिर दश गाविस मगर संस्कृतिले सुसज्जित छन् ।  जुन गाँउहरु पर्यटनका निकै बलिया आधार हुन् । हुकाम तकसेरा रन्मामैकोट लगायतका गाँउ विकास समितिहरु पर्यटन गन्तव्यका आधारहरु हुन् । संस्कृतिमा रमाउने पर्यटकका लागि यी सुन्दर बस्तीहरु उपयुक्त मानिन्छन् । पर्यटकीय सम्पदाहरुले सजिएको रुकुममा स्वदेशी तथा विदेशी पर्यटको प्रत्येक वर्ष आगमन बद्दो छ । युद्धपर्यटन पर्या पर्यटन यार्शा गन्तव्य र साँस्कृतिक पर्यटनले समृद्ध भएकोले यस्लाई बजारीकरण गर्न लागको स्थानीय पर्यटन जानकार दीपक खड्का बताँउछन् ।

sisneयति मात्र होइन युद्ध पर्यटनका लागि गुरिल्ला ट्रेल, यार्शा जर्नीका लागि हिमपाटनहरु उत्कृष्ट छन् । सिस्ने पुथा लगायतका ६ हिमाल रुकुममा पर्दछन् , ५ हजार नौ सय एघार मिटर अग्लो सिस्ने र ६ हजार मिटर अग्लो पुथा लगायतका हिमशिखरहरु साहसीक पर्यटनका गन्तव्य हुन् । नेपाल कै एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षले रुकुममा ६० प्रतिशत क्षेत्र ओगटेको छ । स्यार्पू ताल राप्ती कै ठूलो ताल हो, पर्या पर्यटनसंगै माछा पालन यहाँ फस्टाएको छ । स्थानीय कला संस्कृतिसंगै स्यार्पूका आसपासमा घरबास कार्यक्रम संचालन गरिएको छ । पाहुनाले स्थानीय माछाको स्वाद पनि लिन पाँउछन् । उता  होइन सानी भेरीमा डँुगार विहार गर्न सकिन्छ । त्यसैगरि कमल दह अर्को प्राकृतिक ताल हो, साना तिना ताल दह इत्यादी जलाधार क्षेत्रमा रुकुम अन्य जिल्ला अन्दा अगाडि छ ।

रुकुमममा पछिल्लो समय विदेशी पर्यटकहरुको आगमन ह्रवात्त बढेको छ, युद्ध पर्यटन यार्शा जोर्नी आरोहण संस्कृति अध्ययन गर्न विदेशी रुकुम तिर हानिने गरेका छन् । बसन्त ऋतुमा रुकुमका गुरिल्ला ट्रेल यार्शा, मगर बस्तीहरुमा उनी भेटिन्छन । एकातिर रुकुमेलीहरुको पाहुनालाई स्वागत गर्ने संस्कार इत्यादी पाहुनाहरु रुकुम पुग्ने गर्दछन् । भ्रमणको शिलशिलामा तकसेरा पुगेका विदेशी पाहुना ले रुकुम निकै सुन्दर भएको प्रतिक्रृया दिए । स्थानीय जनताको व्यवहार नै रुकुमको सम्पदा भएको बताए ,मगर संस्कृति तथा अन्य संस्कृतिहरु पनि रुकुमको आकर्षण भएको उनको यस्तो विचार छ ।
Jhankri nach 3६ हिमाल रुकुममा पर्दछन् सिस्ने र पुथा हिमाल साहसिक पर्यटनका आधार हुन् पछिल्लो समय सन २०१३ मा रुकुमेली युवा मनबहादुर खत्रीले पहिलो हिमआरोहण गरेर सिस्नेको गुमेको इतिहास स्थापित गरेका छन् । पिकप्रोफाइल सदस्य समेत रहेका खत्री सिस्नेका तेन्जिङ हुन् । दजर्नौ हिम चुचुरो चुमेका खत्री अझै नेपालको पर्वतीय पर्यटनलाई प्रवद्र्धन गर्न लागि परेका छन् । एक हिम आरोहीको जिल्ला भएकै कारण पनि रुकुम पर्यटन विकासको क्षेत्रमा निकै चर्चा छ यद्यपी पर्यटन पूर्वाधारको क्षेत्रमा राज्यको अझै ध्यान पुग्न सकेको छैन । तैपनि स्थानीय निकाय जिल्ला विकास समिति र निजी क्षेत्रको पहलमा भ्रमण वर्ष अभियान चलेको हो । रुकुममा आउने पर्यटकले यहाँको प्राकृतिक सुन्दरता देख्न पाउने स्थानीय व्यवसायी मोती गिरी बताईन् । उनले रुकुम निकै सुन्दर भएकोले पाहुनाको स्वागत गर्न रुकुमेलीहरु आतूर भएको प्रतिक्रया दिइन् ।

रुकुम भ्रमण गर्न आउने पाहुनाले विविधखालको मनोरन्जन लिनका साथै अध्ययन अवलोकन गर्न सक्छन्, चौरजहारीको सुन्दर फाँटदेखि ढोरपाटनका विशाल घाँसे मैदान हरिया वन शिकार आरक्षमा शिकार खेल खेल्न, स्यार्पू कमल ताल, सानी भेरीमा डँुगा विहार गर्न सक्छन् । त्यस्को लागि जिल्लामा पर्यटकलाई सहज र सरल सुविधाको प्रबन्ध मिलाइएको छ । सदरमुकाममा व्यवस्थित होटेलस् छन् भने गाँउमा घरबास कार्यक्रम सुरुवात गरिएको छ । सरसफाईमा पनि रुकुमले अव्वलता कायम गरेको छ, गतवर्ष खुल्ला दिशामुक्त जिल्ला भएपछि पाहुनाले सरसफाईको समस्या भोग्ने पर्ने छैन ।
स्वच्छ रुकुममा पर्यटकले सांस्कृतिक, आरोहण, साहसीक खेल खेल्न इत्यादी पाउने गर्दछन् । यतिमात्र होइन , सन २०१३ मा बेनीहुदै ढोरपाटनबाट रुकुमको तकसेरादेखि गुरिल्ला मार्गको रेखाँकन गरिएको छ । गुरिल्लामार्गको अन्तराष्टिय रुपमा बजारीकरण भएपछि पर्यटकले त्यहीमार्गबाट रुकुम भ्रमण गर्ने गर्दछन् । सबैखाले पर्यटकीय  आयामले रुकुम समृद्ध भएकोले रुकुम आउने पर्यटकले अध्ययन अवलोकनसंगै मनोरन्जन लिने गरेको स्थानीय नागरिक समाजका अगुवाले बताए  ।

vlcsnap-2015-10-30-23h57m26s228

पर्यटन पूर्वाधारको अवस्था कस्तो छ  ?
हुन त रुकुमको पर्यटन विकास गर्न यतिबेला रुकुम भ्रमण वर्ष अभियान संचालन भएको छ, रुकुमभर पाहुनालाई भ्रमण गराउने रुकुमेलीको अभियानले गति लिएको छ, कहिले महोत्सव त कहिले पर्यटनको विषयमा वहस छलफल इत्यादीको माध्यमबाट रुकुमलाई चिनाउन उनीहरु लागिपरेका छन् । रुकुमको समृद्धिका लागि भन्दै  दशक यता सडकको उल्लेख्य विकास र विस्तार भएको छ ।  यतिबेला रुकुमलाई सडक क्रान्तिको जिल्ला  भनेर पनि परिभाषित गर्न थालिएको छ । पर्यटनको महत्वपूर्ण पूर्वाधार सडक पछिल्लो तथ्याँकलाई आधार मान्ने हो भने  करिब ६  सय किलोमिटर बढी सडक खोलिएका छन् ।जस मध्ये  मध्यपहाडी लोकमार्ग १३५ किलोमिटर लम्बाई रुकुममै पर्दछ ।   लोकमार्गसंगै जोडिएको चौरजहारीमा मिनि सिटी बसाल्ने सरकारी कार्यक्रम छ । दाङदेखि रुकुम खलंगासम्मको १३९ किलोमिटर ओटाशिल सडक संचालनमा छ, रुकुमभित्र करिब ४० किलोमिटर मात्र सडक ओटाशिल गरिएको छ ।
खलंगालाई आधार मानेर प्रत्येक गाविसमा सडक पुराउने अभियान संचालन भएका छन् । तर सडक विस्तार प्राथमिकरणमा परेको भएपनि पर्यटन पूर्वाधारका लागि पर्याप्त छैनन् , सडकमा केही सुधार भएपनि संचार सेवा लगायतका पूर्वाधारको अभाव हुँदा पर्यटन अभियानलाई चुनौति दिएको रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष टेकबहादुर पुन मगरले बताए । स्थानीय निकाय र निजी क्षेत्रको पहलमा रुकुम भ्रमण वर्षको अभिान थालिएको बताउदै मूलतः पूर्वाधारमा सुधार ल्याउन सकेमा भ्रमण वर्ष बढी फलदायी हुने पुनले यस्तो बताए ।
भ्रमणवर्ष २०७२ मनाइरहदाँ रुकुमको सदरमुकाम बाहेक बाहिर पाहुनालाई होटेल्स सेवा अझै पुग्न सकेको छैन , एकातिर सडक संचारको अभाव अनि पाहुनालाई पाउने सुविधान गाँउ तहमा पुग्न सकेको छैन । ग्रामीण पर्यटनको मुख्य आधार भनेको सांस्कृतिक कला सीप नै हो , यस्ता अमूर्त सम्पदाहरुको संरक्षण र सम्वद्र्धन गर्दै बजारीकरण गर्न सक्नुपर्छ तर पछिल्लो चरणमा आधुनिकताका नाँउमा मौलिक संस्कृतिहरु मर्दै गएका छन् । नयाँ पुस्तामा हस्तान्तरण हुन सकेको छैन । बुढापाकाहरुले मात्र सांस्कृति भेषभुषा कला सीपहरु धानिदिएको अवस्था छ । रुकुमलाई मगर संस्कृति भूमि भनिएपनि राज्यको ध्यान पुग्न नसक्दा आदिम कला संस्कृतिहरु जोखिममा छन् । घरबास कार्यक्रमको माध्यमबाट यिनिहरुको जर्गेना र बजारीकरण गर्न सके गाँउ पर्यटनलाई सबलीकरण गर्न सकिन्छ । यद्यपी तकसेरा हुकाम मैकोट इत्यादी गाँउमा पहल भने भइरहेका छन् ।
पर्यटनको अर्का आधार पर्यटन सूचना केन्द्र हो । रुकुम जिविसको पहलमा सूचना केन्द्र संचालनमा आएपनि सूचनाप्रविधिसंगै पर्यटनका विषयमा जानकारीमूलक सामाग्री इत्यादीलाई अझ व्यवस्थित गर्न पर्ने देखिन्छ ।  नेपालमा दशक यता सूचना प्रविधिको तिव्र विकास भएपनि रुकुमका सबै ग्रामीण बस्तीहरुमा प्रविधिको पँहुच विस्तार हुन सकेका छैन ।रुकुमका दुर्गम गाविसहरु अझै संचार सेवाविहिन् छन् । टेलिकमको स्काई फोन सेवा बाहेक अन्यको सेवा शुन्य जस्तै  छ । सेवा प्रदायक निकायहरुले अविलम्ब त्यस्ता क्षेत्रमा आफ्नो विस्तार गर्न आवस्यक छ । रुकुममा इन्टरनेट सेवा निकै कमजोर छ, सूचना प्रविधिको जति धेरै विकास भएपनि त्यस्को प्रभाव रुकुमभर पाउन अझै असहज छ, सहज सेवामा विस्तारसंगै विकास गरिनु पर्ने रुकुमेलीहरुको माग छ ।

पर्यटन प्रवद्र्धनको अर्को आधार होटेल आवास र घरबास कार्यक्रम रुकुमको हकमा निकै नगन्य अवस्थामा छ । सदरमुकाममा केही सुविधा सम्पन्न होटेलहरु संचालनमा छन् । सदरमुकाम बाहिर पुगे गाँउमा पर्यटकका लागि बास बस्न त्यत्ति सहज छैन । पर्यटन शिक्षाका अभावमा घरबास कार्यक्रमहरु प्रभावकारीरुपमा संचालन हुन सकेका छैनन् । यद्यपी  रुकुमकोट, बाँफीकोट तकसेरा लगायतका केही स्थानमा   घरबास कार्यक्रम संचालन गर्ने प्रयत्न गरिएपनि   आधारभूत मापदण्ड अभावपूर्ण रहेको देखिन्छ । सदरमुकाममा मात्र होइन गाँउ तहमा आवास तथा होटेल्सको विस्तार गर्न सक्नु पर्ने निजी क्षेत्रको अपेक्षा छ, आगन्तुक पाहुनाका लागि आधारभूत सेवा सुविधा अझै कमजोर रहेकोले त्यसतर्फ ध्यान दिनसके भ्रमण वर्ष बढी सार्थक हुने होटेल व्यवसायी समितिका अध्यक्ष नवराज गिरीले बताए ।
रुकुम भ्रमण वर्ष सफल बनाउन सरकारी नीति कार्यक्रम कस्तो छ रु

स्थानीय निकाय र निजी क्षेत्रको पहलमा थालिएको रुकुम भ्रमण वर्ष निकै सह्रानिय भएपनि सरकारको केन्द्रिय तहबाट पूर्वाधार लगायतका क्षेत्रमा ध्यान पुग्न सकेको छैन । सरकारी बेवास्ताका कारण  भ्रमण वर्ष कागजमा मात्र सिमित हुन सक्छ । तसर्थ विद्यमान पूर्वाधारमा सुधार र प्रचारात्मक कार्यक्रमलाई बढावा दिन सके रुकुम भ्रमण वर्ष सार्थक हुने निजी क्षेत्रले अपेक्षा गरेको छ । होटेल आवास, घरबास पर्यटन शिक्षा, संचार  र सडक इत्यादीमा लगानीसंगै सरकारी सुनिश्चिताको आवस्यकता भएको उनीहरुको माग छ ।  स्थानीय तहबाट पहल भएपनि पर्यटन मन्त्रालय जस्ता निकायबाट हालसम्म खासै पहल हुन नसकेको रुकुमेलीको गुनासो छ ।

यद्यपी सरकारी लगानी पर्याप्त नभएपनि स्थानीयको लगानीमा पर्यटन प्रवद्र्धन गर्ने कामहरु भइरहेका छन्, निजी क्षेत्रले स्थानीय निकाय जिविससंग सहकार्य गर्दै आएका छन् । यसलाई जिल्ला विकास समितिले नेतृत्व गर्दै आएको छ, जिल्ला विकास समितिको  पहलमा गुरिल्लामार्ग तय गरिएको छ, विभिन्न स्थानमा पदमार्ग रेखाँकन गरिएको छ । होमस्टे संचालन गर्न पहल गरिएको छ,  सन २०१३ मा गुरिल्लामार्ग निर्माण भएपछि स्वदेशी विदेशी पर्यटकहरु गुरिल्लामार्गमा पाइलो टेकेका छन् । गुरिल्लामार्ग, पर्दमागर्, हवाई सेवामा केही प्रगति भएपनि पर्यटनका लागि आवस्यक सडक पूर्वाधार सुधार्नु पर्ने देखिन्छ । घरबास कार्यक्रम संचालनको आधारभूत सीप तालिम र सडक संचारलाई व्यवस्थित गर्न सकेमा भ्रमण वर्ष फलदायी हुन सक्छ ।  यद्यपी सन २०११ मा पर्यटन वर्षमा रुकुमलाई राज्यले बेवास्ता गरेको छ, पछिल्लो चरणमा स्थानीयको पहलले केही प्रगति भएपनि राज्यको केन्द्रिय तहबाट गम्भीर नदेखाइएको होटेल व्यवसायी महासंघका केन्द्रिय सदस्य बसन्त खड्काले बताए ।
सडक पूर्वाधारमा दशक यता मात्र रुकुममा केही विस्तार भएपनि  हवाई सेवामा रुकुम अगाडि नै छ । रुकुमका कच्ची विमानस्थल पक्की बनाउने काम भएपछि रुकुमको सल्ले र चौरजहारी विमानस्थल पनि पक्की भएका छन् । पक्की धावनमार्ग बनेपछि उडानमा सहजता भएको छ । दुवै धावनमार्गबाट उडान नियमित भएका छन्  । यसले केही सहजता बनाएपनि पर्यटनका अन्य आधार सडक संचार घरबास नयाँ रुट निर्धारण इत्यादीलाई व्यवस्थित बनाउन सके भ्रमण वर्ष सार्थक बन्न सक्छ । सडकको स्थिति ६ सय किलोमिटर ट्रयाक खुलेपछि असुरक्षित छन्, व्यवस्थित पर्यटन मैत्री सडक बन्न नसक्ता पर्यटकलाई सास्ती भएको छ । पर्यटकीय कोणबाट रुकुम निकै समृद्ध भएपनि राज्यले विशेष प्राथमिकीकरण गर्नु पर्ने टानका अगुवा रमेश धमालाले बताए, पर्यटन विकासमा निजी क्षेत्र सधै तत्पर रहेको बताउदै सरकारसंग मिलेर पर्यटन प्रवद्र्धनमा लागि पर्ने धमलाले बताए ।

रुकुम भ्रमण वर्ष २०७२को सन्दर्भमा तकसेरा महोत्व आयोजना भएको थियो , महोत्सवमा निवर्तमान प्रधानमन्त्री सुुशिल कोइराला प्रमुख अतिथि बनेका थिए । रुकुमको पर्यटन विकासमा आफू सधै लाग्ने उनको आश्वासन थियो । मगर आदिभूमिको नाँउबाट चर्चित तकसेरामा घरबास कार्यक्रम संचालन भएका छन् , त्यसैगरि रुकुमकोट मैकोट, छिपखोला लगायतका स्थानमा पनि घरबास कार्यक्रम संचालनमा छन् । तर पर्याप्त सरकारी ध्यान पुग्न नसक्ता पर्यटन पूर्वाधारहरु कमजोर छन् । पर्यटनविकासको हिसाबमा रुकुम धेरै अगाडि भएपनि राष्टिय प्राथमिकतामा नपर्दा पर्यटन विकासको गति ढीलो भएको स्थानीयहरुको गुनासो छ । स्थानीय तहबाट पर्यटन क्षेत्रमा भैरहेको पहल र सरकारी बेवास्ताको सवालमा सरकारी ध्यान पुग्न सकेको छैन ।