‘उद्देश्य के लिनु उडि छुनु चन्द्र एक, भने झै मानिसले जीवनमा उडेर चन्द्रमा छुने सपना राख्नुपर्छ, एक दिन पक्कै पनि सफल भइन्छ भन्ने गतिलो उदाहरण बनेका छन महेन्द्र बुढाथोकी ।
दुर पहाडको अत्यन्तै दुर्गम बस्तीमा एक निम्न वर्गीय परिवारमा महेन्द्रको बुढाथोकीको जन्म भयो । सानै देखि तेजस्वी मस्तिष्क भएका महेन्द्रलाई पढाई लेखाइलाई तिरस्कार गर्ने तत्कालीन पहाडिया समाजको बीचमा परिवारले विध्यालय भर्ना गरिदियो । अनि सुरुभयो महेन्द्रको अध्ययन यात्रा ।
विध्यालय प्रवेश लगतै पढाइमा अब्बल बन्दै आफ्नो प्रस्तुतीकरण देखाएका महेन्द्रले आफ्ना सहपाठीहरु नेतृत्व गर्ने गरेको र सबै गुरुवर्गहरुको पनि प्यारो बन्ने गरेको उनलाई प्राथमिक तथा माध्यामिक तहमा शिक्षा दिने गुरुहरु बताउछन ।
गाउँका तत्कालीन भद्रभलाद्मीहरुले समेत आफ्ना सन्तानलाई पढाई प्रती निरुत्साहित गर्ने समाजमा हुर्किएका महेन्द्रलाई पढाइमा भन्दा घर गृहस्थमा लगाउन सामाजिक दबाब नआएको होइन । तर पढाइप्रतीको उनको लगनलाई परिवारले पनि रोक्न सकेन । अनि माध्यमिक तह सम्मको पढाई उत्कृष्ट अंकका साथ उतिर्ण गरे । तत्कालीन समयमा उनको जन्मस्थल रुकुममा उच्च शिक्षा अध्ययन गर्नका लागि प्रयाप्त क्याम्पसहरु थिएनन । उच्च शिक्षा अध्ययनका लागि कि उनले जिल्ला छोड्नु पर्थ्यो कि पढाइ ।
बाल्यकालदेखि नै क्रान्ति चेत भएका महेन्द्रले उच्च शिक्षा अध्ययन गर्न र सामाजिक कुसंस्कारको जालो तोड्न जिल्ला छोडेर हानिए पोखरा तिर । तत्कालीन समयका लागि अत्यन्तै दुर्गम जिल्ला रुकुमबाट पोखरा गएर पढ्ने चानचुने कुरा थिएन ।
पोखराको पि एन क्याम्पसमा भर्ना गरेर उनले प्रवीणता प्रमाणपत्र तह सम्मको अध्ययन पूरा गरेर स्नातक तह अध्ययन गर्न दाङ आए । दाङको महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक तहमा भर्ना गरेर अध्ययन सुरु गरेका महेन्द्रलाई उच्च शिक्षा अध्ययनका लागि आर्थिक अभाव परेपछि आफ्नो पढाई पूरा गर्न जागिरको खोजिमा भौतारिए ।
यसै क्रममा दाङका तत्कालीन ठुला होटेलहरु माउन्ट भ्यु , दाङ भ्याली लगायतका होटेलमा म्यानेजर बनेर आफ्नो व्यावसायिक कौसलता देखाएका महेन्द्र अवसरको खोजी गर्दै पश्चिम नेपालमा कुखुरा तथा दानाको उत्कृष्ट वितरण केन्द्र मकालु पोल्ट्री फिडमा जागिरे भए ।
यहाँ केही बर्ष कडा मिहिनेतका साथ म्यानेजरको भुमिकामा काम गरेका महेन्द्रको व्यावसायिक कौसलता देखेर सोही कम्पनीका मालिकहरुले मकालु पोल्टी फिड उनलाई नै सुम्पिए ।
अनि सुरु भयो उनको व्यावसायिक यात्रा ।
भुइँ मान्छेबाट मालिकको रुपमा प्रवेश गरेपछि महेन्द्रले आफूले जागिरका क्रममा सिकेका सबै व्यापारिक कौशलता प्रस्तुत गर्दै एक उत्कृष्ट व्यावसायिको रुपमा उदाए ।
निजी क्षेत्रमा सामान्य कर्मचारीको रुपमा प्रवेश गरेका महेन्द्रले आफू जागिरमा हुँदै गर्दा ग्रासरुट लेवलका व्यावसायिहरुका वास्तविक समस्या नजिकबाट बुझ्ने अवसर पाएका थिए ।
यही कौशलताका कारण उनी व्यावसायि नेतृत्वदायी निजी संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्य समिति सदस्यको उम्मेदवार बने र अत्याधिक बहुमतका साथ विजयी भए । त्यसपछि दोश्रो कार्यकाल महासचिवको उम्मेदवार बनेका उनले सो कार्यकाल पनि व्यावसायिहरुको अपार मायाका साथ अत्याधिक बहुमत प्राप्त गरि विजयी भए ।
अहिले उनलाई निजी व्यावसायिहरुले अझै नेतृत्वमा रहन गरेको आग्रह र आफूले साना देखि ठुला व्यावसायिहरुलाई एकताको सुत्रमा बाँधेर अगाडी बढ्न थप अझै केही कार्यभार पूरा गर्ने बाँकी रहेको महसुस गर्दै उद्योग वाणिज्य संघको चुनावी मैदानमा होमिएका छन ।
भुइँ मान्छे देखि व्यावसायिक नेतृत्वमा पुगेका उनी भन्छन- “म नेतृत्वमा जानू मेरा लागि होइन आम व्यावसायिहरुको साझा आवाज बोल्न जाने हो । निर्वाचन जित्ने कुरामा कुनै सन्देह छैन । प्राविधिक प्रक्रिया पूरा गर्ने मात्र हो । कसैले कसै प्रती द्वेष भाव नराखेर चुनावी मैदानमा जाउ चुनाव पछि जसले जितेपनी सबै मिलेर व्यावसायिक हकहितका लागि काम गरौं ।”