भुपेन्द्र वली
दाङ, ७ साउन रोल्पा । ओत ९ का राजन वलीलाई ८ कक्षामा पढदा पढदै छोडेर भारत कमाउन गएका उनका बा र ठुला बा उतै बेपता भए । भारतको उतराखण्ड राज्य स्थित केदारनाथ मन्दिरमा आएको बाढीले बगाएपछि उनिहरु फर्किन पाएनन । महिनौं खोजखबर गर्दा पनि अतोपतो न लागेपछि आफना कलिला हातले ३५ दिन पछि बालक वलीले दुई बा को कुशको शव बनाएर अन्ततः काजकिरीया गर्नुपर्यो । बा को मृत्यूपछि कलिलै उमेरमा उनी माथी पारिवारीक जिम्मेवारी भार थोपरियो र लेख्दालेख्दैको उनको कलम संधैका लागी रोकियो । यसबिचमा उनि आफैले कहिले भारत सरकार तथा कहिले नेपाल सरकारका तर्फबाट बा को मृत्युको क्षतिपूर्ती पाउने खबर धेरै चोटि सुने । तर ४ वर्ष बितीसक्दा अहिले ति खबरका स्वरहरु पातलिदै गएका छन भने पिडा माथी पिडाको पहाड बढदै गएको छ । ‘ बुवा फर्केर आउने आशा त छैन ’ उनले भने ‘ तर थोरै भए पनि राहत पाइन्छ भन्ने आशा मरेको छैन ।’

13713293_10208577261742316_321339052_n - Copy

राजनका बुवा पर्साराम, ठूलाबुवा गणबहादुर, छिमेकी सेतीरामसहित रोल्पा, सल्यान, रुकुम, जाजरकोट, कालीकोटलगायत मध्यपश्चिमका अधिकांश जिल्लाहरुबाट मजदूरी गर्न उत्तराखण्ड पुगेका सयौ नेपाली २०७० असारमा आएको बाढीमा परि हराएका थिए । उनीहरु सबैको निधन भइसकेको अनुमानमा अधिकांश घरपरिवारले काजकिरिया पनि गरिसकेका छन तर घटना भएको ४ बर्ष बितिसक्दा पनि कुनै राहत नपाउँदा पश्चिममा नेपालका सयौं पीडित घरपरिवारले आफूहरुका लागि सरकार अभिभावक बन्न नसकेको गुनासो गरेका छन ।

परिवार पछिको अभिभावक मानिएको राज्य नै यसरी गैरजिम्मेवार भएपछि पीडित परिवार को बिचल्ली वर्षेनी बढेको छ । उतराखण्ड बाढी पीडित परिवारका लागी राहत र क्षतिपूर्तीको माग गर्दै निरन्तर कलम चलाउदै आएका पत्रकार नरेन्द्र केसीले उतराखण्ड बाढीले त्यति ठुलो मात्रामा जनधनको क्षति पुर्याउदा पनि अभिभावक मानिएको नेपाल सरकारले सामान्य चासो सम्म नदिएको बताए ।‘ भारत त पराई देश भएर पनि होला उसले क्षतिपूर्ती दिन्छु भन्ने आशवासन दिएर पनि बेइमानी गर्यो’ उनले भने ‘ आफनो अभिभावक भनिएको नेपाल सरकारले पनि यतिका वर्ष सम्म सामान्य सदाश्यता सम्म नि देखाएको छैन । ’

करिब ३ सय अझै बेपता
उतराखण्ड बाढीमा करिब ५ हजारको संख्यामा नेपाली हताहती भएको मुल्याँकन छ । नेपाल सरकारले आफनो नागरिकको पिडालाई मध्यनजर गरेर सही तथ्याँक निकाल्न कञ्जयूसाँई गरेपनि निजी क्षेत्रबाट घटनास्थलमै पूगेर हताहती हुनेको संख्यालाई आँकलन गरिएको छ । जसअनुसार उक्त बाढीमा सल्यानका मात्रै एक सय बढी बेपता भएका छन ।

सल्यानको शिवरथ गाबिसका मात्रै झनै एक दर्जन मानिसको अझै कुनै अतोपतो छैन । बेपता भएकाहरुको खोजबिनका लागी स्थानिय प्रशासन मार्फत गृहमन्त्रालय , परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली राजदुतावासमा समेत हामीले खोजबिचन र क्षतिपूर्तीका लागी पहल गर्यो ’ सल्यान शिवरथ गाबिसका रेबन्त विष्टले भने‘ तर नेपाल सरकार तथा भारत सरकार दुबैले चासो दिएनन । ’ यस्तै रोल्पामा र रुकुममा पनि सल्यानकै हाराहारीमा केदारनाथ बाढीमा बेपता भएको स्थानिय बताउछन । यद्यपी आधिकारीक भनिएका जिल्ला प्रशासन कार्यालयहरुमा अझै पनि बेपता नागरीकको बारेमा कुनै किसमको तथ्याँक राखिएको छैन ।

भारतको बेइमानि
घटनालगत्तै भारतको उत्तराखण्ड सरकारले नेपालीलाई परिवारलाई पनि भारतीय सरह राहत दिने बताएको थियो तर भारतीयहरुले राहत पाइसक्दा नेपालीले एक सुको पनि पाएका छैनन । ‘ शुरुवाती चरण्मा त भारतले कुनै नेपाली पनि उतराखण्डको बाढीमा नमरेका भनि दाबि गरिरहयो । यद्यपी वर्षेनी १० हजार को संख्यामा आवतजावत गर्ने सो स्थानमा नेपाली हताहती नहुने भन्ने भारतको झुठो कुरा धेरै दिन टिकेन ।‘ सल्यान शिवरथका बेगम शाहीले भने ‘ क्षतिपूर्तीका लागी शुरु शुरुमा प्रक्रिया मिलाउन समय लाग्छ भन्ने जानकारी आउँथ्यो तर अब ४ बर्षसम्म पनि पूरा नहुने कस्तो प्रक्रिया हो ?’‘ केदारनाथमा रहेका नेपालीबारे अध्ययन गरेका भारतीय डा. आर श्रीधरका अनुसार पनि उक्त बाढीमा करिब ५ हजारको संख्यामा नेपाली बेपता भएका थिए । ‘बेपता वा मृत्यू भएकाको साँचो संख्या भन्दा क्षतिपूर्ती दिनुपर्ने भएकाले भारत सरकारले संख्या घटाएको हो ।’ उनले भने ।

पराई नेपाल सरकार
हजारौ नेपाली उक्त घटनामा हताहती भएपनि खिलराज रेग्मी नेतृत्वको तत्कालीन नेपाल सरकारले नागरिकहरु प्रति कुनै सदभाव देखाएन । यहाँ सम्म कि सरकारका तर्फबाट मृतकहरुलाई सम्बोधन गरेर एउटा पनि वक्तव्य सार्वजनिक गरिएन । त्यसपछिका ४ वर्ष यता बनेका सरकारले पनि उक्त घटनाका पीडितको घाउमा मल्हम लगाउन सामान्य चासो समेत दिएका छैनन ।

पहिलो संविधान सभा निर्वाचनमा आफनो क्षेत्रबाट चुनाव जितेका माआबोदी अध्यक्ष प्रचण्डलाई बालक राजन वलीले भारत जाँदा क्षतिपूर्तीका लागी पहल गरिदिन भन्दै पत्र पनि लेखे । तर उनको पत्रको पनि कुनै सुनुवाई भएन ।‘ शुरुमा त नेपाल भारत सरकारले नेपालका कुनै पनि नागरिक उक्त बाढीमा हताहती नभएको दाबि गरिरहयो ।

नेपाल सरकार पनि भारतकै लहलहैमा चुपचाप थियो ’ पत्रकार केसीले भने ‘ पछि म आफैले केदारनाथ बाढीमा हराएका ५० जना राप्तिबासीको तथ्याँक परराष्ट्र मन्त्रालयमा पेश गरे । बल्लतल्ल तथ्याँक संकलनको कार्य शुरु त भयो तर त्यो संकलित तथ्याँक पनि कागजमै सिमीत छ । पीडितले कुनै राहत पाएका छैनन । तर उनिहरुमा बेपता आफन्त बारे जानकारी र आश्वासन दिइए अनुसार क्षतिपूर्ती पाउने आशा मरेको छैन ।