उदय बीसी
दाङ । दाङमा सञ्चाीलत बाघ संरक्षण कार्यक्रम दुई वर्षमा नै हराएको छ । आर्थिक वर्ष २०६७÷६८ देखि सञ्चालन भएको बाघ संरक्षण कार्यक्रम दुई वर्षसम्म आएको र त्यसपछि नआएको जिल्ला वन कार्यालयले जनाएको छ । बाघ संरक्षणको कार्यक्रम हराएसँगै संरक्षणका गतिविधि पनि ओझेलमा परेका छन् ।

कुनै समयमा बाघ संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गर्दै आएको जिल्ला वन कार्यालय दाङले अहिले बाघ संरक्षणका लागि भनेर कुनै विशेष कार्यक्रम नभएको जनाएको छ । बाघ संरक्षणकै लागि भनेर खासै त्यस्तो कार्यक्रम नआएकाले त्यसलाई तर वन्यजन्तु संरक्षण शिषर्कमा कार्यक्रम आउने गरेको सहायक वन अधिकृत हरि गौतमले बताउनुभयो । ‘करीव दुई वर्ष बाघ संरक्षण भनेरै छुटै कार्यक्रम आयो तर त्यसपछि त्यो कार्यक्रम आएन’, उहाँले भन्नुभयो ‘तर बन्यजन्तु संरक्षण भनेर कार्यक्रम आउने गरेको छ, जुन सबै बन्यजन्तु संरक्षणका लागि पर्छ ।’

Tigerबन्यजन्तु संरक्षण कार्यक्रमअन्तर्गत जिल्लामा पाइने सबै बन्यजन्तुको वासस्थान संरक्षण, घाइते जन्यजन्तुको उपचार, वन व्यवस्थापन, वनसम्बन्धी अपराध नियन्त्रण, विभिन्न सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले बाघकै लागि कार्यक्रम सञ्चालन गर्न नसकिएको वन कार्यालयले जनाएको छ ।

बाघ संरक्षण कार्यक्रम सञ्चालन भएको दुई वर्षमा जिल्लाका बाघ पाइने सम्भावित वन क्षेत्रमा भौतिक अध्ययन गर्नुको साथै नक्साङन पनि गरिएको थियो । तर, पछि कार्यक्रम नआएपछि भएका जति सबैका म ओझेलमा परेका छन् । बाघ संरषणका लागि विशेष कार्यक्रम सञ्चालन भएको समयमा जिल्लाका विभिन्न ३१ वटा सामुदायिक वन क्षेत्रमा बाघको वासस्थान भएको अध्ययन गरेको वन कार्यालयले कार्यक्रम आउन छोडेपछि अहिले त्यस क्षेत्रमा बाघ वस्ने हल्ला मात्रै आउने गरेको तर एकीन नभएको बताउदै आएको छ ।

दुर्लभ वन्यजन्तुको रुपमा रहेको बाघ पाइने विभिन्न १३ राष्ट्रमध्येमा नेपाल पनि पर्छ । सन् २०२२ सम्ममा हाल रहेको बाघको संख्यालाई दोव्वर बनाउने नेपालले पनि प्रतिवद्धता जनाएको छ । तर, बाघ संरक्षणका लागि विशेष कार्यक्रम नआउदा बाघ संरक्षणका गतिविधिमा प्रभावकारी रुपमा अघि वढ्न नसकेको सरोकारवालाहरु बताउछन् ।