गोविन्द खड्का
घोराही २९ असार । स्वाक्क सिंगान पुछिन् । चुरोटको सर्को स्वाठ्ठ तानेर विना जाँगर फुईय उडाईन । सुकेर ख्यारर्र ख्यारर्र भएको घाटि बाट शब्द निकालीन् ‘काखमै छोरो छोडेर आए“ बाबु’ भक्कानीएर हु“ हु“ रोईन् ‘को संग कसरी बसु ?’ पढ्न जान आँ टेकी ६ बर्षे बालिका मृतक रमबहादुर रोका मगरकी छोरी बज्यै संग ढेसिन आईन् । हजुरआमा जमान सिंह रोकाले अंगालो मारिन् । मुख बाट फ्याकेको धुवा नातिनीको जिउभरी छरीएको थियो । तर अनुहारमा खास्सै उदासिनता झल्किन्नथ्यो । किन भने उमेर अबस्था होईन ।
सामान्य त्रिपाल टाँगेको बाहेक काजक्रिया गर्ने घरको अरु चिनो छैन । मृतकको घर घोराही ६ को गिठेपानी पुग्नेले सेता कपडा सुकाएको, कोरा बारेका, खला खुटा हिडेको देख्न सक्दैन । मान्छे मरेको घर हो भनेर पत्याउनै सकिन्न । एउटा चिनो छ रात दिन रोईरहेको अबस्थाकि जमानसिं रोका । साथमा सान्त्वना दिन आएका केहि आफन्त । मृतकका वाउ कमाउन गएको पाल्पातिर बाट फर्केनन् । काम गर्दा खसेर मरेको खबर आयो । राम बहादुर टुहुरा भए । जमान विधुवा । तर पनि कर्म देखि हारेनन् । रामबहादुर टिप्पर चालक बने र परिवारको गर्जो टारे । उनिहरुलाई स्थानियले बाग्लुङ्गे भनेर चिन्छन् । बाहिर बाट आएको भनेर साथ सहयोगमा जुट्छन् ।
समस्याले भने त्यो परीवारलाई पलपल पछ्याईरहयो । एउटा छोराले बिहे गरेको एउटी बुहारी पनि टिक्न सकिनन् ।सम्वन्ध विच्छेद गरेर केहि समय अघि देखि अन्तै बस्न लागिन् । नावालिका छोरी उतै भएपछि आमा छोराको परिवार घरमा थियो । ‘यो पनि आमा संग जान्छे होला’ हुँहुँ हुँ रुन थाल्नुभयो । उपस्थित सबैले घोसे मुन्टो लाए । त्यो पनि झर्न लागेको आसु थाम्नलाई होला ‘म एक्लै कसको मुख हेरेर बसु ? कसरी बाँचु ?’ सबैलाई आत्म पोल्ने गरी बोलिन् ।
अस्पतालको कमजोरीले मृत्यु भएको गोरखा हस्पिटलले स्विकारेको छ । श्रोतले दिएको जानकारी अनुसार पिसाव भित्र थुनियो । समयमा डाक्टर आएनन् । विरामीका कुरुवाले नर्सको समस्या देखाएपनि श्रोतले नर्सले तिस पटक फोन गर्दा पनि रात्री डिउटीका डाक्टरले फोन नउठाएको बताएकाछन छन् । मृत्यू भैसकेपछि मात्रै पाईप घुसारेर पिसाव खुलुत्त निकाली दिए । त्यसको कुनै अर्थ थिएन । बोलाएको समयमै डाक्टर आएर हेरेको भए दुःखद मृत्यु हुदैन्थ्यो ।
अप्रेसन गरेको विरामीले बाहिर गएर पिसाव फेर्न सक्दैन्थ्यो । कुरुवाको मृतककी बहिनीको वयान छ बिरामी बेसरी छट्पटायो । कुरुवा तिन चार जनाले समातेर राख्न खोजे । अड्याउन सकेनन् । नर्स काँहा चिच्याउन कराउन गए डाक्टर बोलाएनन् । त्यसरी छटपटाएको दृश्यले निकै पाप गरेरर तड्पी तड्पी मरेको हो । ‘बचाउ बचाउ भनिरहन्थे’ ति कुरुवाले भन्नुभयो, ‘त्यस्तो हत्या गरी मर्दापनि अस्पतालले हाम्रो पिडा सुनेन ।’ त्यसरी चर्ला फर्ला, उफ्री पाफ्री आमाकै हातमा काल भयो । निकै दर्दनाक र निर्दयी क्षण थियो । जो चिकित्सकको सामान्य कमजोरीले भोग्नुपर्यो ।
बजारमा निकै सनसनी फैलियो । केहिले मानब काट्ने कसाईहुन् विरामी उपचार गर्ने डाक्टर होईनन् भन्न थाले । कसैले हाम्रो पनि विगारेका हुन् भन्दै थपिए । कसैले ठगेका थिए पाप लाग्यो भनेर कुर्लिए । भोलिपल्टको माहौल निजि अस्पतालका विरुद्धमा थियो । डा जनार्दनको अप्रेसनमा धेरैले प्रश्न उठाए । यसरी अप्रेसन गर्ने छुट दिनु हुन्न । अब बन्द गराउनुपनर्छ पनि भने ।
तर आधिकारीक रुपमा कार्यन्वयन हुने निकाए बोलेको थिएन । सर्बसाधारणको कसले सुन्ने ? अस्पतालका डा जनार्दन पन्थि अघिल्लो दिन सबै मिडियामा पुगेर समाचार रोक्न लगाएका थिए । आफ्नो क्षमता र व्यवसाय धरापमा पर्ने उनिहरुको डर थियो । प्रचार कम गराउने पर्यत्न गरे ।
अस्पतालले गल्ति स्विकारेको छ । एपेण्डिक्सको अप्रेसन पछि मृत्यूभएका रामुको परिवारलाई तत्काल एक लाख क्षतिपुर्ति दियो । लास उठाउने व्यवस्था गरीयो । साउन ५ गते बाँकी नौ लाख दिनेगरी दश लाख क्षतिपुर्तिमा सहमति भएको छ । छोरीलाई कक्षा १२ सम्म वोर्डस गरी पढाउने जिम्मा लिएको छ ।
परिवारलाई निशुल्क उपचार दिने लगाएतका सहमति भएका छन् ।यदि कार्यन्वयन नभए मुलुकै उठेर असपताल आउने तयारी गरेको छ । घटनाको भोलीपल्टै ताला लगाउन र तोडफोड गर्न तम्सीएको जमातलाई अगुवाहरुले थाम थुम पारेका थिए । उनिहरुलाई शान्त पार्न ठुलै मेहनत गर्नुपरेको थियो ।
