चालू आर्थीक वर्ष समाप्तीको अवस्थमा आइपूगेको छ । असार महिनाको अन्तय हुनै लाग्दा विकासे कामहरु निर्माण व्यवसायीले हतार हतार पूरा गर्ने प्रयास गरिरहेका छन । यद्यपी कतै हतारमा काम भइरहेको छ भने कतै निक्कै सुस्त गतिमा व्यवसायीहरु निर्माणका कामलाई अघि बढाइरहेका छन । त्यसमा पनि अत्याधिक जोखिम युक्त मानिने लमही तुल्सीपूर सडकखण्ड अन्तर्गत पर्ने खोलाहरुमा पूल निर्माणको काम कछुवा गतिमा भइरहेको छ । यिनै सन्दर्भमा निर्माण व्यवसायीहरुको साझा संस्था दाङ निर्माण व्यवसायी संघका अध्यक्ष बलिभद्र राणा संग निर्माण व्यवसायीका गतिविधी , समयमा काम पूरा नहुनुका कारण बारे गरिएको कुराकानी ।
निर्माण व्यवसायी संघले के कस्ता गतिविधी गरिरहेको छ ?
श्रेणीगत रुपमा खासगरी हामी जिल्लामा अहिले ४ किसमका निर्माण व्यवसायी हरु क्रियाशील छौं । आर्थीक वर्षको अन्तय हुन गइरहेकाले निर्माण व्यवसायीहरु काम सम्पन्न गर्न कडा परिश्रम गरिरहेका छन । यस्तै संघका तपर्mबाट निर्माण व्यवसायीहरुले गरिरहेका कामकाजको अनुगमन गर्ने , तोकिए अनुरुप काम नगरिरहेका निर्माण व्यवसायी हरुलाई सचेत बनाउने र उनिहरुलाई समयमा काम गर्न निर्देशन पनि दिइरहेका छौीं ।
जिल्लाको अति जोखिमयुक्त मानिने लमही तुल्सीपूरका खोलाहरुमा समयमा पूल बन्न नसक्दा सवारीसाधन र यात्रुले दुःख पाएको खबर आईरहेका छन । तर ठेकेदार भने ति खबरलाई बेवास्ता गर्दे कानमा तेल हालेर बसेका छन । यस विषयमा तपाईहरुले के कस्तो चासो दिनुभएको छ ?
— पक्कै पनि ति खोलामा यात्रुले पाउनु सम्मको दुःख पाइरहेको छन । हामी आफैले पनि त्यो समस्यालाई झेल्नुपरेको छ । खासगरी घोराही नजिकको कटुवा खोला र गुर्जे खोलामा पूल निर्माणको कामले गति लिन सकेको छैन । सर्वप्रथम त यस विषयमा कडा रुपमा सरकारी निकायले ठेकेदार माथी कारबाही प्रक्रिया अगाडी बढाउनुपर्ने हो । तर सडक डिभीजन कार्यालय पनि सामान्य ठेकेदारलाई सामान्य सोधपूछ र स्पष्टीकरण सोध्नमा सिमीत छ । सरकारी निकाय नै यसरी मौन बसेपछि ठेकेदारले लापरबाही गरिहाल्छन । जहाँ सम्म संघको कुरा छ , मैले पूल निर्माणको जिम्मा पाएका ठेकेदारलाई यसअघि धेरैपटक समयमा काम गर्न आग्रह गरिसकेको छु । असोज सम्म ति पूलहरुको काम सम्पन्न भइसक्नुपर्ने गरि समय निर्धारण गरिएको छ । तोकिएको समयमा मापदण्ड पूग्ने गरि काम गरिएन भने ठेकदारमाथी संघले कारबाही प्रक्रिया अघि बढाउछ ।
निर्माण व्यवसायी संघको तर्फबाट काममा लापरबाही गर्ने ठेकेदार माथी के कस्ता कारबाही हुन सक्छन ?
हामीले सर्वप्रथम त उनिहरुले गरेको कामको अनुगमन गर्छो । तोकिएको मापदण्ड अनुसार काम भए÷नभएको बारे यकिन गर्छो । अनुगमनका क्रममा मापदण्ड अुनसार काम नभएको पाइएमा सर्वप्रथम ठेकेदारलाई सचेत गराउछौ । जो हामीले गराइसकेका छौं , र कतिपय निर्माण व्यवसायीले हाम्रो आग्रह अनुसार मापदण्ड अनुरुप काम गरिरहेका छन । यद्यपी केही निर्माण व्यवसायीले सचेत गराउन गरिएको हाम्रो आग्रहलाई नटेरेर काममा लापरबाही गरेका छन । जस्ले गर्दा सर्वसाधरण मारमा पर्नुपरेको छ । अब आर्थीक वर्षको अन्तय तिर छों ।समयमा मापदण्ड पूर्याएर काम नभएको पाइएमा संघबाट त्यस्ता ठेकेदारको सदस्यता खारेज गर्ने , र कडा कारबाहीका लागी सम्बन्धित निकायमा सिफारिश गर्ने काम हामीले गर्नेछौं ।
वषैपिच्छे निर्माण व्यवसायीले समयमा काम नगरेको , मापदण्ड नपुर्याएको जस्ता गुनासा वर्षे पिच्छे आउने गरेका छन । यसमा मुख्य कमजोरी कसको देख्ुनभएको छ ?
सर्वप्रथम , समयमा काम पूरा नहुनुको मुख्य दोषी राज्य नै हो । तपाईले हेर्नुस असार महिनामा बजेट भाषण हुन्छ । योजना रातो किताबमा स्विकृत भएर आइसकेको हुन्छ । तर हाम्रा सरकारी निकाय टेण्डर आहवाहन भने चैत्त , बैशाखमा गएर गर्छन । यसले छोटो समय भएका कारण एकाफर्फ काम समयमा सम्पन्न गर्न ठेकेदारलाई समस्या पर्छ भने अर्कोतर्फ हतार—हतार काम गरिएकाले मापदण्ड पूरा नहुन सक्छ । अर्कोतर्फ ठेकेदारका कमजोरी पनि नभएका होइनन । निर्माण व्यवसायलाई मात्र पैसा कमाउने व्यवसायका रुपमा बुझने परिपार्टीले ठेकेदारहरु काममा लापरबाही गर्छन । यो व्यवसायलाई पैसाको कमाउने माध्यमका रुपमा मात्र नलिई सेवाका रुपमा बुझन आवश्यक छ । ठेकेदारले यो कुरालाई मात्र मनन गर्न सके उनिहरु काम प्रति जिम्मेवार भई समयमा मापदण्ड अनुसार काम पूरा गर्न सक्छन ।
अन्तयमा , निर्माण व्यवसाय जस्तो जनतासंग प्रत्यक्ष सरोकार राख्ने विषयलाई आँउदा दिनमा अझै मर्यादित , समयानुकुल , बनाउन के गर्नुपर्ला ?
पक्कै पनि निर्माण व्यवसाय जनतासंग सरोकार राख्ने निक्कै संवेदशील विषय हो । राष्ट्रको विकासका लागी निर्माण व्यवसायीहरुको पौरखको निक्कै ठुलो भूमिका छ । त्यसैले यसलाई हामी राज्यले सुम्पने महत्वपूर्ण जिम्मेवारीका रुपमा पनि लिन सक्छौ । यसर्थ सर्वप्रथम त निर्माण व्यवसायीहरुले यो विषयलाई गम्भिर रुपमा आत्मसात गर्न आवश्यक छ । यस्तै राज्यका तर्फबाट पनि समयमा टेण्डर आहवाहन गर्ने , नियमीत अनुगमन गरिनुपर्छ । यस्तै आम नागरिकले पनि आफु संग प्रत्यक्ष जोडिने विषय भएकाले मापदण्ड अनुसार काम भए÷नभएको यकिन गरेर निर्माण व्यवसायी र राज्यलाई खबरदारी गर्न आवश्यक छ । तपाई पत्रकारहरुले पनि निर्माण व्यवयास संग सम्बन्धित राज्य र स्वयम निर्माण व्यवसायीको भुमिका बारे खबरदारी गर्न आवश्यक छ । यसरी सबैले सरोकार राखेर अघि बढन सके निर्माण व्यवसाय अझै मर्यादित , समयानुकुल र जनउतरदायी पूर्ण हुनेछ ।